गृहपृष्ठ ∕ समाचार ∕ कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई हेल्थ आवाज बिहीबार, २०८१ कात्तिक ८ गते, १८:२३ मा प्रकाशित विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ । गत असार तेस्रो साता कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय र दुई राज्यमन्त्री पाउने सहमति भएको थियो । पार्टीको भागमा परेको ४ मध्ये दुई मन्त्रालयमा डाक्टर शेखर कोइरालाले दाबी गरे । एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएपनि कोइराला समूहले नाम पठाएन । कोइराला समूहले नाम नपठाएपछि गत भदौ २८ गते कांग्रेसबाट ३ जना मन्त्री बनेका थिए । डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि कांग्रेसलाई नै जिम्मा दिएको हो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले जिम्मेवारी दिएको बताए । दलले मन्त्री पठाएपछि मन्त्रालय जिम्मा लगाउने उनले बताए । यता कोइराला समूहले भने दुई वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने बताएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव