२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिमोनियाका कारण प्रत्येक ३९ सेकेन्डमा हुन्छ एक शिशुको मृत्यु

निमोनियाका कारण प्रत्येक ३९ सेकेन्डमा हुन्छ एक शिशुको मृत्यु


लन्डन (रोयटर्स)–गत वर्ष विश्वमा निमोनियाका कारण ८ लाखको ज्यान गएको तथ्य सार्वजनिक भएको छ । युनिसेफ, सेभ द चिल्ड्रेनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्य ४ संस्थाहरुले संयुक्त रुपमा सार्वजनिक गरेको रिपोर्टले निमोनियाका कारण ८ लाख शिशु तथा बालवालिकाको मृत्यु हुने गरेको देखाएको हो ।

यसलाई हेर्दा निमोनियाका कारण प्रत्येक ३९ सेकेन्डमा एक शिशुको मृत्यु हुने गरेको देखिन्छ । रिपोर्टमा निमोनियालाई ‘फरगटन इपिडेमिक’को संज्ञा दिँदै ती संस्थाहरुले यसको उपचार र रोकथाममा राज्यहरुले लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

‘निमोनिया सजिलै रोकथाम र निदान गर्न सकिने रोग भएर पनि विश्वमा धेरै बच्चाहरूको मृत्यु यसैबाट भइरहेको छ । यो निकै स्तब्ध पार्ने विषय हो,’ जीएभिआई खोप गठबन्धनका प्रमुख कार्यकारी सेथ बर्कले बताए ।

गत वर्ष नाइजेरिया, भारत, पाकिस्तान, कंगो र इथियोपियामा निमोनियाका कारण मर्नेहरुमध्ये आधाभन्दा बढी २ वर्षमुनीका शिशुहरु भएको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ