२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाइबटिजबारे सचेतनामूलक प्रवचन

डाइबटिजबारे सचेतनामूलक प्रवचन


बुटवल—मानवीय जीवन शैलीका कारण पछिल्लो समय डाइबटिजका बिरामी बढ्दै गएको भन्दै जनचेतना अभिवृद्धिमा जोड दिन थालिएको छ । स्वस्थ खानपान, शारीरिक व्यायाम, तनावमुक्त जीवनशैलीको अभावका कारण मधुमेह रोग लाग्ने मानिसको संख्या बढ्दै गएको भन्दै अभियानहरु संचालन हुन थालेका हुन् ।

लायन्स क्लव अफ बुटवल सयपत्रीले मंगलबार विद्याथी ‘टाईप १ डाइबटिज’ सम्बन्धी सचेतामुलक प्रवचन दिएको छ । प्रवचनयुक्त क्याम्प नै संचालन गरी टाइप १ डाइबटिजका बारेमा विस्तृतमा जानकारी गराइएको थियो । त्यति मात्र होइन क्लवले सचेतनामूलक नाटक प्रदर्शन समेत गरेको थियो । यसप्रकारका प्रदर्शनले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको सयपत्रीकी अध्यक्ष कल्पना सिवाकोटीले बताइन् । ‘विद्यार्थीहरु रोगका बारेमा सचेत भए भने धेरै कुराको समाधान हुन्छ भन्ने मान्यताले हामी कार्यक्रम गरेका हौं,’ उनले भनिन् ।

मंगलवार दीप बोर्डिङमा करिब् १ घण्टामा सुगर (मधुमेह)का ब्रिामी, यसको असर, ख्याल गर्नुपर्ने कुराहरुलगायतका विषय समेटेर दीप बोीर्डङ माविका शिक्षक पुरुषोत्तमा पाण्डेले तयार पारेको नाटक प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा बाल रोग विशेषज्ञ डा. सन्तोष पोखरेलले इन्सुलीन उत्पादन नहुने अवस्थालाई टाइप १ डाइबटिज भएको भन्दै यो प्रायः बच्चाहरुलाई देखिने बताए । त्यस्तै, नेदरल्याण्डबाट आएका भोलिन्टियर स्वाथ्यकर्मीहरु डाइबटिज नर्स शिवानी र डाइटेसियन ताजियाले खानपान र नियमित व्यायाममा ध्यान दिन आग्रह गरे ।

यस्तै, बुटवल फुलवारीमा मंगलबार नै एक दिने डाइबटिज क्याम्प गरिएको छ । कार्यक्रममा पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देहीको भैरहवा, बुटवललगायत नवलपरासी जिल्लाबाट समेत बालबालिकाहरु सहभागिता थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ