२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलका पाँच जना सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलका पाँच जना सदस्य नियुक्त


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलका रिक्त पाँच जना सदस्य नियुक्त गरेका छन् । गत शुक्रबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच जना सदस्य नियुक्त गरेका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट प्रा.डा. पलेश्मा लाखे जोशी र प्रा.डा. आनन्द शर्मालाई सदस्यमा नियुक्त गरेका छन् । यसैगरी डिनमध्येबाट काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन मनोज हुमागाईलाई काउन्सिलको सदस्यमा नियुक्ति गरिएको छ ।

निजी क्षेत्रको तर्फबाट उनले डेष्टीष्ट डा. सन्तोष राजभण्डारीलाई काउन्सिलका सदस्यमा नियुक्त गरेका छन् भने उपभोक्ताको तर्फबाट लमजुङका रामेश्वर अधिकारी सदस्यमा नियुक्त भएका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयको सिफारिसका काउन्सिलका पदाधिकारी र सदस्यहरु मन्त्रिपरिषद्ले नियुक्त गर्दै आएको थियो । तर, नेपाल सरकारको कार्यसम्पादन नियमावलीको आठौं संशोधनले पूर्णकालीन काम गर्ने पदाधिकारी बाहेकको नियुक्त सम्बन्धित मन्त्री गर्ने व्यवस्था गरेअनुरुप मन्त्री पौडेलले मेडिकल काउन्सिलका रिक्त पाँच सदस्य नियुक्त गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ