२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखोपको खेप प्रमाणीकरण खोप उत्पादन गरेको देशको नियांमक निकायबाट गरिएको स्वास्थ्य सेवा विभागको प्रष्टीकरण

खोपको खेप प्रमाणीकरण खोप उत्पादन गरेको देशको नियांमक निकायबाट गरिएको स्वास्थ्य सेवा विभागको प्रष्टीकरण


काठमाडौं–स्वास्थ्य सेवा विभागले पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोपको खेप प्रमाणीकरण खोप उत्पादन गरेको देश गरिएको प्रष्टीकरण दिएको छ । बिहिबार हेल्थआवाजले प्रकाशन गरेको ‘खेप प्रमाणिकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप’ शीर्षकको समाचारमा चासो व्यक्त गर्दै विभागको परिवार कल्याण महाशाखाले प्रष्टीकरण दिएको हो ।

महाशाखाले हेल्थआवाजलाई पठाएको जानकारी पत्रमा २२ माघबाट देशब्यापी रुपमा सुरु भएको एचपिभी खोपको खेप (लट रिलिज) प्रमाणीकरण खोप उत्पादन गरेको देशको नियांमक निकायबाट जारी भएको उल्लेख छ ।

साथै, डब्लुएचओ टेक्निकल रिपोर्ट सिरिज ९७८ एक्सपोर्ट कमिटी अन वायलोजिकल स्ट्यार्ण्डराइजेसन ६१ औं रिपोर्ट २०१३ मा युएन एजेन्सीले सप्लाई गरेको खोपको आयात हुने देशले लट रिलिज प्रमाणीकरण गर्नुनपर्ने दावी गरिएको छ ।

महाशाखाले पठाएको पत्रमा औषधि ऐन, २०३५, खोप ऐन, २०७२ तथा खोप नियमावली, २०७४ अनुसार नेपालमा एचपिभी खोप आपूर्ति र प्रयोग भएको उल्लेख छ ।

त्यसैगरी, नेपाल राष्ट्रिय खोप कार्यक्रममा समावेस हुने सबै खोपको लट नम्बर र म्याद गुज्रिने मिति समेत हरेक खोपको लेभलमा लेखिएको हुने र खोप लगाइसकेपछि हुन सक्ने अवाञ्छित घटना अनुसन्धान गर्न विज्ञ सम्मिलित स्वतन्त्र अनुसन्धान समिति कार्यरत रहेको र सो समिति राष्ट्रिय खोप कार्यक्रममा समावेश भएका सबै खोपबाट हुनसक्ने अवाञ्चित घटनाको अनुसन्धान गर्ने भनी प्रष्टीकरण दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ