२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्छ : स्वास्थ्यमन्त्री

‘एकीकृत स्वास्थ्य सेवा ऐनको अन्तिम तयारीमा छौं’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा जनताको प्राथमिकता रहेको बताएका न् । बिहीबार २८ औं स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दैं उनले स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्नेमा जो दिए ।

‘स्वास्थ्य सेवा राज्यको प्राथमिकतामा रहेको छ,’ उनले भने, ‘स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्छ ।’ उनले जनतालाई सेवा सुनिश्चितता गर्नुपर्ने उल्लेख गर्दै प्रभावकारी स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिए ।

अहिले स्वास्थ्य सेवा भएपनि प्रभावकारी र व्यवस्थित नभएको बताउँदैं उनले जे अभ्यास छन् त्यसलाई बदलेर केही नयाँ ल्याउनुपर्ने बताए । ‘नयाँ स्वास्थ्य नीति आवश्यक छ । मौजाद जनशक्ति बढाउनु छ तर सहज छैन,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘केही गरौँ भन्नेछ तर विज्ञ आफू होइन् ।’

उनले समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर एकीकृत स्वास्थ्य ऐन ल्याउने तयारी रहेको बताए । ‘ऐन ड्राफ्टको अन्तिम तयारीमा छौं । स्वास्थ्यकर्मीले काम गर्ने वातावरण बनाउनुप¥यो । दबाबमा काम लगाउन सकिन्न्,’ उनले थपे, ‘दक्ष जनशक्ति किन बाहिर गइरहेको छ ? चिकित्सकहरुको भविष्य सुनिश्चित गराउनुपर्छ ।’

चिकित्सकको सेवासुविधा पनि अरुभन्दा फरक हुनपर्ने बताउँदैं उनले तह र तलब दुवैबाट पहिचान गर्नुपर्ने बताए । ‘त्यसले सेवा प्रभावकारी हुन्छ,’ मन्त्री पौडेलले भने, ‘ स्वास्थ्य सेवाका सबै कुरा ऐनले नै तोक्नुपर्छ । नीतिले गर्न मिल्छ गर्नैपर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले अब सरकार तीनै तहका स्वास्थ्यकर्मीहरुको मनोबल वृद्धि गर्न लाग्ने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ