२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलले पुनः छानविन समितिमा पठायो गंगालालको केस

काउन्सिलले पुनः छानविन समितिमा पठायो गंगालालको केस


काठमाडौं-वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएपछिको काउन्सिलको पहिलो बैठक बसेको छ । बुधबार बसेको काउन्सिलको बैठकले गंगालाल हृद्धयरोग केन्द्रमा फरक समूहको रगत चढाएर बालिका मृत्यु भएको केस पुनः छानविन समितिमा पठाएको छ ।

बैठकले वीर अस्पतालका पूर्व निर्देशक डा. भूपेन्द्र बस्नेतको नेतृत्वमा प्राप्त भएका स्पष्टीकरणहरु अध्ययन गरेर सुझाव दिन ४ सदस्सीय छानविन समितिमा पठाएको हो । समितिले स्पष्टीकरण अध्ययनपछि काउन्सिललाई सुझाव दिनेछ ।

गत साउनमा काउन्सिलले अस्पतालका डा. अपूर्व ठाकुरलाई निलम्बन, डा. सन्दीप भण्डारी र डा. रवीन्द्रभक्त तिमिलालाई विभागीय कारवाही किन नगर्ने भन्दैं स्पष्टीकरण सोधेको छ । काउन्सिलले दुई जना ल्याब टेक्नीसियन सरला कोइराला र विन्देश्वर यादवलाई हदैसम्मको कारवाहीका लागि नेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा सिफारिस गरेको थियो । काउन्सिलको उक्त पूर्ण बैठकले फरक–फरक भूमिका भएका सबैलाई फरक तरिकाले ७ दिनभित्र स्पष्टीकण बुझाउन पत्र समेत काटेको थियो ।

त्यतिबेला काउन्सिलले हालका अध्यक्ष डा. कोइरालाको नेतृत्वमा बनेको ५ सदस्सीय छानविन समितिले बुझाएको प्रतिवेदन आधारमा स्पष्टीकरण सोधेको थियो । प्राप्त स्पष्टीकरण अध्ययन गरेर सुझाव दिने जिम्मेवारी भने डा. बस्नेत नेतृत्वको समितिलाई दिइएको छ । छानविन समितिको नेतृत्वमा डा. कोइराला हुँदा डा. बस्नेत सदस्य थिए । डा. कोइराला अध्यक्ष भएपछि उक्त समितिको नेततृत्व डा. बस्नेतलाई दिइएको हो ।

गत बैशाखमा मुटुको शल्यक्रिया गर्ने क्रममा गलत समूहको रगत चढाउँदा ५ वर्षीया बालिका आकृतिकुमारी साहको मृत्यु भएको थियो । बालिकाको रगत समूह ओ पोजेटिभ भएपनि चढाइएको रगत ए पोजेटिभ पर्न गएको थियो । जसका कारण बालिकाको मृगौला खराब भएर मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ