२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री

सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री


काठमाडौं–निजामती कर्मचारी अस्पतालमा आँखा विभाग स्थापना गर्नको लागि चीन सरकारले २ करोड भन्दा बढीको मेडिकल सामाग्रीहरु उपलब्ध गराएको छ । चीनको फाउण्डेसन फर लाइफ लाईन एक्सप्रेस र लाइफ लाईन एक्सप्रेस हङ्गकङ्ग फाउण्डेसनको सहयोगमा आँखा स्वास्थ्य सेवा सुरु गर्नका लागि ती सामग्रीहरु उपलब्ध गराइएको हो ।

शुक्रबार सिभिल अस्पतालमा एक कार्यक्रम गरी ति सामाग्रीहरु आयोजित सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, चीन सरकारको नेश्नल हेल्थ कमिसन मन्त्रालयकी पूर्व उपमन्त्री चुली , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, नेपालका लागि चिनियाँ राजदुत चेन सँगको उपस्थिती रहेको थियो ।

सामान हस्तान्तरण तथा आगामी दिनमा पनि प्रविधि र क्षमता विकासका लागि जनशक्ति आदनप्रदान कार्यक्रमको प्रमाणपत्रमा अस्पतालका निर्देशक प्रा.डा. विधाननिधि पौडेल र लाइफ लाइन एक्सप्रेस हङ्कङगको अध्यक्षतामा योङ्ग चुङ्गले हस्ताक्षर गरेका छन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले चीन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सहयोग गरेको र आगामी दिनमा पनि सोही अपेक्षा राखेको बताइन् । उनले कोभिडको समयमा सामाग्रीसँगै खोप उपलब्ध गराएको स्मरण गरिन् ।

चिनियाँका पूर्व उपमन्त्रीले नेपाल, चिन सम्बन्ध अति नजिकको रहेको भन्दै यसलाई आगामी दिनमा विभिन्न माध्यमबाट झनै नजिकको बनाउन दुवै देश लाग्नुपर्ने बताइन् । साथै सिभिल अस्पतालको क्षमता विकासका लागि आगामी दिनमा चीन सरकारले जनशक्तिको वृद्धि विकासमा सहयोग गर्ने बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ