२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघको अध्यक्षका लागि लोकतान्त्रिकबाट डा. लोचन कार्की उम्मेदवार

नेपाल चिकित्सक संघको अध्यक्षका लागि लोकतान्त्रिकबाट डा. लोचन कार्की उम्मेदवार


काठमाडौं—नेपाल चिकित्सक संघको आसन्न महाधिवेशनमा अध्यक्षका लागि लोकतान्त्रिक खेमाबाट डा. लोचन कार्की उम्मेदवार बन्ने भएका छन् ।

बिहीबार बसेको उम्मेदवार छनोट गर्ने अधिकार पाएको वर्तमान तथा पूर्व अध्यक्षहरुको समितिले डा. कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

डा. कार्की हाल नेपाल चिकित्सक संघको महासचिव छन् । डा. कार्कीसँगै अध्यक्षको उम्मेदवारका लागि बरिष्ठ चिकित्सक डा. भूपेन्द्र बस्नेतले पनि दाबी गरेका थिए । स्रोतकाअनुसार डा. भूपेन्द्रलाई अर्को कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनाउने गरी सहमति भएको हो ।

‘आज बसुन्धराको विपी स्मृती अस्पतालमा बसेको बैठकले अध्यक्षको उम्मेदवारबारे निर्णय गरेको छ,’ संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने, ‘अन्य उम्मेदवारहरु पनि अब घोषणा गर्दै जान्छौं ।’

अहिलेसम्म लोकतान्त्रिकबाट महासचिवका लागि ५ जना आकांक्षी देखिएका छन् ।

नेपाल चिकित्सक २००७ सालमा  स्थापना भएको नेपालको पहिलो व्यवसायिक संस्था  हो । संघको आगामी २८ औं केन्द्रीय महाधिवेसन आगामी माघमा हुँदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ