२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त

मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त


काठमाडौं—मानसिक अस्पताल लगनखेलको निर्देशकमा डा. सुरज तिवारी नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई मानसिक अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् ।

मंगलबार नवनियुक्त डा. तिवारीले अस्पतालमा पदभार ग्रहण गरेका छन् । डा. तिवारी यसअघि अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट मनोचिकित्सकका रुपमा कार्यरत थिए ।

यसअघि मानसिक अस्पतालको निर्देशक डा. अनन्त अधिकारी थिए । डा. अधिकारीले झण्डै साढे तीन वर्ष अस्पतालको निर्देशक पद सम्हालेका थिए ।

५० शैय्या सञ्चालनमा रहेको मानसिक अस्पताल नेपालको एक मात्र केन्द्रीय विशिष्टीकृत मानसिक अस्पताल हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ