२०८३ कात्तिक २२, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट

राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट


काठमाडौं—राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)को अध्यक्षमा डा. विकास गौचन सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार चितवनमा सम्पन्न संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट डा. गौचनको सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

डा. गौचन नेतृत्वमा ९ पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित हो । संघको उपाध्यक्षमा डा. मिलन गैरे, डा. महेश महासेठ र डा. चण्डिका पण्डित सर्वसम्मत निर्वाचित भए ।

यस्तै, महासचिवमा डा. सम्राट पराजुली चयन भएका छन् । सचिवमा डा. वर्षा शाह, डा. अमन न्यौपाने, डा अरुण उप्रेती र डा. आधिराज आचार्य निर्वाचित भए ।

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहेको छ । यसअघि संघको अध्यक्षमा डा. जागेश्वर गौतम र महासचिवमा डा. छवि पन्थी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ