२०८२ जेठ ३१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुल्य समायोजन सुझाव प्रतिवेदन विरुद्धमा ९ वटा संस्थाको आन्दोलन सुरु

मुल्य समायोजन सुझाव प्रतिवेदन विरुद्धमा ९ वटा संस्थाको आन्दोलन सुरु


काठमाडौं—औषधिको मुल्य समायोजनबारे सुधार दिन गठित नीति सुधार समितिले दिएको प्रतिवेदनको विरोधमा उधोगी तथा व्यवसायीले आन्दोलन सुरु गरेका छन् । शुक्रबारबाट विभिन्न ९ संस्थाले संयुक्त रुपमा आन्दोलन सुरु गरेका हुन् ।
शुक्रबार औषधि व्यवस्था विभाग बिजुलीबजार र विभागका उपत्यका बाहिरका कार्यलयहरु घेराउ कार्यक्रम गरेर आन्दोलन सुरु गरिएको हो । उद्योगी र व्यवसायीहरुले मुखमा कालोपट्टी बाँधेर कार्यलय घेराउ गरेका थिए ।

उनीहरुले आफूहरुले राखेको कुराहरु सुनुवाई नभएको भन्दै मुखमा पट्टी बाँधेर सांकेतिक विरोध गरेका हुन् । पहिलो दिन वीरगञ्ज र विराटनगरका कार्यलय पनि घेराउ गरिएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले ९ महिना अघि प्रा.डा. पोषराज पाण्डेको संयोजकत्वमा औषधि मूल्य समायोजनका लागि सुझाव समिति गठन गरेको थियो । सो समितिले एकपक्षीय रुपमा प्रतिवेदन बनाएको भन्दै सदस्यसमेत रहेका एपोनका अध्यक्षले नोट अफ डिसेन्ट लेखेका थिए ।

सोही प्रतिवेदन मन्त्री पौडेलले औपचारिक रुपमा बुझेपछि उद्योगी व्यवसायी रुष्ट भएका छन् । यद्यपी सो प्रतिवेदन मन्त्रीले सार्वजनिक गर्न सकेका छैनन् ।

सो प्रतिवेदनपछि औषधि उत्पादक संघ नेपाल, नेपाल मेडिकल एसोसिएसन, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि आयातकर्ता संघ, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल निजी अस्पताल संघ र नेपाल औषधि थोक व्यवसायी संघले संयुक्त विज्ञप्ती जारी गरी आन्दोलनको घोषणा गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ