२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । मंगलबार दिउँसो ओलीले राष्ट्रपति पौडेलसमक्ष राजीनामा दिएका थिए ।

लगतै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेका हुन् । सोमबारबाट सुरु भएको जेन—जीको आन्दोलनमा सरकारले दमन गरेपछि १९ जनाको मृत्यु भएको थियो ।

मंगलबार उक्त आन्दोलन झन चर्किएर राज्यका प्रशासनिक निकायमाथि कब्जा गरेपछि प्रधानमन्त्री केपी ओली राजीनामा दिन बाध्य भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ