२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहिला सहकर्मीमाथि दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत निलम्बनमा

महिला सहकर्मीमाथि दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत निलम्बनमा


काठमाडौं–मादक पदार्थ सेवन गरी महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन् । परिषद्मा कार्यरत तालिम अधिकृत विजय झाले १ मंसिरमा मादक पदार्थ सेवन गरी कार्यलय परिसरमै दुर्व्यवहार गरेको भन्दै परिषदका कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झा कहाँ पीडित कर्मचारीले उजुरी गरेकी थिइन ।

अधिकृत झा विरुद्ध उजुरी परेपछि अध्यक्ष झाले कर्मचारीहरुको बैठक बोलाई विभागीय कार्वाही गर्ने निर्णय गराएका हुन् । झालाई ४ मंसिरदेखि १७ मंसिरसम्म निलम्बन गरिएको छ । साथै, उनलाई मंसिर र पुस दुई महिनाको तलब समेत रोक्का गर्ने परिषदले निर्णय गरेको छ ।

हेल्थ आवाजलाई प्राप्त अधिकृत झाको तलब रोक्का तथा निलम्बन पत्रमा परिषद्को कर्मचारी प्रशासन विनियमावली १०.३ बमोजिम निलम्बन गरिएको र सोही विनियम अनुसार दुई महिनाको तलब रोक्का गरिएको उल्लेख छ । पत्रमा आइन्दा कार्यलय समयमा पुनः यस्ता मर्यादा विपरित कार्य दोहोरिएको पाइएमा विनियमको १०.६ बमोजिम भविष्यमा परिषद्को सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने गरी कारवाही हुने चेतावनी समेत दिइएको छ ।

अधिकृत झालाई निलम्बन र तलब रोक्का गरेको पत्रमा कार्यकारी अध्यक्ष आफैले हस्ताक्षर गरेका छन् । अधिकृत झा लाई निलम्बन गरेको विषयमा हेल्थ आवाजले अध्यक्ष झासँग टेलिफोनमा प्रतिक्रिया माग्दा यो सकिसकेको विषय भएको बताए । ‘यो सकिसकेको विषय हो,’ उनले भने, ‘थप भेटेरै कुरा गरौंला ।’

निलम्बन बाध्यता

स्रोतका अनुसार पीडित कर्मचारीले कार्यलयमा भएको दुर्व्यवहार विरुद्ध आफू प्रहरी कहाँ जाने तयारी रहेको कार्यकारी अध्यक्षलाई मौखिक जानकारी गराएकी थिइन् । तर, अध्यक्ष झाले मानिसबाट कहिलेकाही गल्ती हुने भन्दै एक पटक बसेर छलफल गर्न आग्रह गरेका थिए ।

झाले २ मंसिरमा परिषद्मै कर्मचारीहरुसँग छलफल गरेका थिए । बैठकमा सहभागी स्रोतकाअनुसार अध्यक्ष झाले पीडित कर्मचारीलाई पटक—पटक ‘मानिसबाट कहिलेकाही गल्ती हुन्छ, एक पटकलाई कुरा बाहिर नलैजाउ’ भन्दै सम्झाएका थिए ।

उनले पुनः यस्ता घटना दोहोरिए त्यसबेला थप कार्वाहीका लागि आफै अगाडी सर्र्ने आश्वासन दिएपछि पीडित महिला कर्मचारीले कन्भिन्स भएकी थिइन् । ‘अध्यक्षज्यूले धेरै सम्झाएपछि मात्र पीडित महिला कर्मचारीले मान्नुभयो’ स्रोतले भन्यो । विभागीय कार्वाहीको प्रक्रियामा जाने सहमति भएपछि पीडित महिला कर्मचारीले आफूमाथि मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी गरेकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ