२०८२ चैत्र ६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका

२० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका


काठमाडौं—काठमाडौं महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचार गराउने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाले आँखा जाँच र प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ ।

काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको समेत उपस्थिती रहेको थियो ।

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले बालबालिकाहरुमा अत्याधिक मोबाइलको लत बसेकाले सम्भावित दृष्टि दोष पत्ता लगाएर आँखाको स्वास्थ्य प्रवरद्धन गर्न अस्पतालसँग सहकार्य गरिएको बताइन् । ‘सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीको पनि आँखा जाँच गराइनेछ,’ उनले भनिन् ।

सम्झौता बमोजिम अस्पतालले विशेषज्ञ चिकित्सकबाट कम्तिमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरुको आँखा जाँच गर्नु पर्नेछ । जाँचपछि औषधि र आवश्यक परे चस्मा पनि प्रदान गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ