२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोग‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी

‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी


कुनै एक प्रकारको मात्र नभएर विभिन्न रोगहरुको संकलनलाई बाथ रोग भनिन्छ । बाथ रोगका प्रकार १ सयभन्दा माथि र २ सयको हाराहारीमा रहेको देखिन्छ । यस अर्थमा धेरै रोगहरु एउटा संकलन समूह नै बाथ रोग हो । यो एउटा ‘अटोम्युन प्रोसेस’बाट हुने रोग हो ।

‘अटोम्युन प्रोसेस’ भन्नाले हाम्रो शरीरमा रोगविरुद्ध लड्न सक्ने क्षमताको कोषिकाहरु हुन्छन् । र, ती कोषहरुको क्षति भएमा त्यसले आफ्नै शरीरमा हानी पु¥याउन थाल्दछ । यस्तो अवस्थामा शरीरले आफ्नो अंग र दोस्रो अंगको पहिचान गर्न सक्दैन् । जसकारण उक्त रोग प्रतिरोधात्मक क्षमताले आफ्नै शरीरलाई पनि हानी गर्ने हुन्छ । शरीरको यस्तो प्रक्रियालाई नै ‘अटोम्युन प्रोसेस’ भनिन्छ । र, यस्तै किसिमको रोगभित्र बाथ रोग पनि पर्दछ ।

व्यक्तिको शरीरमा यो के कारणले देखा पर्दछ?

यो रोग देखा पर्ने वास्तविक कारण हालसम्म पत्ता लाग्न सकेको छैन । तर, यो समस्या देखा पर्नु पछाडिको एक कारणमध्ये जेनेटिक्स समस्या पनि एक हो । जस्तो कुनै वशांणुगत गुणको कारण यो रोग एक पिढींबाट अर्काै पिढींमा पनि सर्न सक्ने सम्भावना प्रबल रहन्छ । केही व्यक्तिहरुमा वातावरणीय प्रभावका कारण पनि यो रोग देखा पर्ने हुन्छ ।

यस्तै केहीमा धुम्रपानको कारण पनि यो रोग देखा पर्ने हुन्छ । तसर्थ, यो रोग देखा पर्नुका पछाडि यही एक कारण हो भनेर हालसम्म पत्ता लाग्न सकेको छैन ।

बाथ रोगका लक्षणहरु

बाथ रोगका १ सयभन्दा बढी प्रकारहरु रहेका छन् । त्यसैले सोही किसिममा यसका लक्षणहरु विभिन्न प्रकारका रहेका छन् । जसमध्येका बाथ रोगका केही लक्षणहरु यसप्रकार छन् ।

  • जोर्नी दुख्ने
  • शरीर अरठ्ठ हुने
  • छालामा डाबरहरु देखा पर्ने
  • घाममा जाँदा गालामा रातो बिबिराहरु देखा पर्ने
  • मुखभित्र बारम्बार घाउ आइरहने
  • निको नहुने गरी बारम्बार ज्वरो आइरहने
  • मेरुदण्ड तथा गोडा दुख्ने
  • हिड्दा गोडाबाट कट्कट् आवाज आउने
  • वजन घट्ने
  • माथिका लक्षणहरु बाथ रोगमा देखा पर्ने साझा समस्याको रुपमा लिइन्छ । यसबाहेक बाथको किसिमअनुसार यसको लक्षण पनि फरक फरक हुन सक्छन् ।

बाथ रोगको उपचार विधि

उपचार विधि बाथ रोगको प्रकार र यसले शरीरको कुन—कुन भागमा असर पारेको छ भन्ने कुराको निक्र्यौल गरी सोहीअनुसार नै फरक—फरक किसिमको रहेको पाइन्छ । यदि यसले शरीरको जोर्नीहरुको भागहरु मात्रै समातेको छ भने उपचार विधि सहज र सस्तो हुन जान्छ । तर, यसले शरीरको भित्री अंग समातिसकेको छ । र, प्रारम्भिक चिकित्सा पनि रोग कम हुन सकेको छैन भने उपचार अलि महंगो पर्न जान्छ ।

पहिलो कुरा बाथ रोग निको हुने रोग नै होइन । तसर्थ, यो पछि दोहोरिने भन्ने हुँदैन् । त्यसैले यसलाई हामीले शरीरमा बढी हावी हुन नदिन कन्ट्रोल गरिरहने हो । तर, कहिलेकाहिं शरीरमा यसको मात्रा बढिरहन सक्छ । बाथ रोग नियन्त्रणको उपाय त औषधिको सेवन नै हो । फिटनेस र खानपिनमा ध्यान दिनुपर्ने कुरा सबैमा उत्तिकै मात्रामा लागु हुन्छ । सबैले आफ्नो शरीरको उचित केयर त गर्नुपर्छ नै । तर, बाथ रोग नियन्त्रणका लागि औषधि खानु नै पर्ने हुन्छ । औषधि बिना यो रोगलाई नियन्त्रण गर्न सकिदैन् ।


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ