२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ मन्त्रीलाई स्वास्थ्य सचिवको ब्रिफिङ, ‘समायोजनले स्वास्थ्य संस्था नै सेवाबिहीन भएँ’

नयाँ मन्त्रीलाई स्वास्थ्य सचिवको ब्रिफिङ, ‘समायोजनले स्वास्थ्य संस्था नै सेवाबिहीन भएँ’


काठमाडौं—विगत तीन महिनादेखि जारी स्वास्थ्यकर्मीहरुको समायोजन समाधान हुन नसक्ने अवस्थामा पुगेको प्रति मन्त्रालयका अधिकारीहरु चिन्तित बनेका छन् । करिब २७ हजार कर्मचारीको समायोजन गरेको मन्त्रालयले पुनः कर्मचारीका गुनासा आउन थालेपछि अप्ठ्यारोमा परेको हो ।

शुक्रबार विहान स्वास्थ्य तथा जनसंख्या सचिव खगराज बरालले स्वास्थ्यकर्मीको समायोजन समाधान हुन नसक्ने मोडमा पुगेको बताए । नवनियुक्त स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै सचिव बरालले गलत रुपमा भएको समायोजनले धेरै स्वास्थ्य संस्था सेवाबिहीन हुन पुगेको सुनाए ।

परिवार कल्याण महाशाखाले उपलब्ध गराएको एक तथ्याङ्कले शल्यक्रिया सेवा सुचारु भइरहेका १३ जिल्लाका १४ स्वास्थ्य संस्थामा सेवा अवरुद्ध भएको बताइएको छ । समायोजनले अन्तिम रुप नपाएकाले अझै स्वास्थ्य सेवा अवरुद्ध हुने क्रम बढ्दो छ । ‘पहाडी र हिमाली जिल्लामा दरबन्दी रिक्त आम जनतालाई दिनुपर्ने सेवा फराकिलो छ,’ सचिव बरालले भने, ‘कर्मचारी समायोजनमा पीडा भोगिरहेका छौं । यसलाई सम्बोधन गर्न कठिन बन्दै गएको छ ।’

समायोजनसँगै डाक्टर, नर्स, अहेब, अनमीको गुनासो बढ्दै गएको छ । ‘पूर्वी पहाडी र हिमाली जिल्लाका स्वास्थ्य संस्थाहरुमा दरबन्दी रिक्त हुन थालेको छ,’ सचिव बरालले भने । सामान्य प्रशासन मन्त्रालयले अन्य कर्मचारी सरह स्वास्थ्यका कर्मचारीको पनि समायोजन गर्दा समस्या देखिएको अधिकारीहरुले बताए । उनले करारमा कर्मचारी राख्ने विषयमा सामान्य र मन्त्रिपरिषद्मा प्रस्ताव पठाएपनि त्यस बिषयमा कुनै जवाफ नआउदा सेवा अवरुद्ध हुन थालेको सुनाए ।

स्वास्थ्य मन्त्रीले गर्नैपर्ने काम

—सम्मानजनक रुपमा कर्मचारीको समायोजन
—स्वास्थ्यकर्मीबिहीन भएका हिमाल र पहाडी जिल्लामा स्वास्थ्यकर्मीको उपलब्धता
—निःशुल्कका औषधिको गुणस्तरता कायम
—लामो समयदेखि रिक्त रहेका तीन प्रमुख विशेषज्ञको नियुक्ति
—निजी अस्पतालहरुलाई नियमनको दायरामा ल्याउने
—तीनै तहको स्वास्थ्य सिूचना संकलनका दुरुस्त बनाउने
—छात्रवृद्धिमा अध्ययनरत सुपरस्पेसालिष्ट र अन्य चिकित्सकको उपत्यका बाहिर पोष्टिङ
—लामो समयदेखि वृद्धि हुन नसकेको चिकित्सक परामर्श शुल्क वृद्धि
—निजी अस्पतालको दबावमा हुन नसकेको अस्पतालहरुको शुल्क निर्धारण
—अस्पताल विकास समिति गठन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ