२०८३ वैशाख ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट

स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन, चार जना आउट


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्यका ७ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेकी छन् । बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले ११ औं तहका सात जना उच्च अधिकारीहरुको जिम्मेवारी फेरबदल गरेकी हुन् ।

मन्त्री मेहताले मन्त्रालयअन्तर्गतका निकायहरुमा रहेर काम गरिरहेका तीन जना उच्च अधिकारीहरुलाई मन्त्रालयमा भित्र्याएकी छन् । चार जना उच्च अधिकारीहरुलाई मन्त्रालयको जिम्मेवारीबाट हटाएर संघीय अस्पताल र प्रयोगशाला पठाएकी छन् ।

राष्ट्रिय तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रोशन न्यौपाने र डा. गुणानिधी शर्मालाई मन्त्रालयमा ल्याएकी छन् । सम्भवतः बिहीबार उनीहरूको महाशाखा टुंगो लाग्नेछ ।

यसअघि मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख रहेका डा. चुमनलाल दासलाई नारायणी अस्पताल फिर्ता पठाइएको छ । उनको दरबन्दी सोही अस्पतालमा हो । तर, गत माघदेखि काजमा मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।

गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मालाई पनि वीर अस्पताल पठाइएको छ । डा. शर्मा पनि काजमै मन्त्रालयमा थिए ।

स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखामा रहेका भीम सापकोटालाई पनि मन्त्रालयबाट सरुवा गरिएको छ । उनलाई हेटौडास्थित कीटजन्य प्रयोगशालामा पठाइएको छ ।

यसैगरी, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रहेका डा. कृष्ण पौडेलको काज फिर्ता गरेर गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ । तर, स्वास्थ्य बीमा बोर्डमा कार्यकारी प्रमुख नभएकाले उनलाई केही समय त्यही काम गर्न भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ