२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त

स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त भएका छन् ।

‘मैले पनि भर्खरै थाहा पाएँ,’ प्रा.डा. प्रधानले हेल्थआवाजसँग भने, ‘नियुक्त पत्र बुझ्न बाँकी छ ।’

प्रा.डा. प्रधान लामो समयदेखि चितवनमा रहेर चिकित्सा पेशाका साथै प्राध्यापन सक्रिय छन् । कलेज अफ मेडिकल साइन्सेजमा पछिल्ला १६ वर्षदेखि प्राध्यापनरत डा. प्रधान दुई पटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भए ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या विभागका संयोजक रहेका डा. प्रधान रास्वपाको समानुपातिक सूचीमा समेत थिए ।

यो पनि पढ्नुहोस

चिकित्सकबाट लापरवाही होइन त्रुटि हुन सक्छ : प्रा.डा. मनोहर


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ