२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकाविहानै नयाँ बानेश्वरमा गाडीको ठक्करबाट डा. प्रभु जोशीको मृत्यु

एकाविहानै नयाँ बानेश्वरमा गाडीको ठक्करबाट डा. प्रभु जोशीको मृत्यु


काठमाडौं—नयाँ बानेश्वरमा गाडीको ठक्करबाट आइतबार विहानै एक चिकित्सकले ज्यान गुमाएका छन् । मर्निङ वाकमा निस्किएका एनेस्थेसियाका चिकित्सक डा. प्रभु जोशीले गाडीको ठक्करबाट ज्यान गुमाएका हुन् ।

झण्डै ७२ वर्षीया जोशी बसुन्धरास्थित इशान हस्पिटलमा कार्यरत छन् । उनी मर्निङ वाकबाट निस्किएका बेला गाडीले विहान ६ बजेतिर संसद भवनको दक्षिण गेटमा ठक्कर दिएको थियो । ठक्कर दिएलगतै गाडी भागेको थियो । नेपाल प्रहरीका इन्स्पेक्टर सुरेश ठाकुरले गाडीको ठक्करबाट डा. जोशीको मृत्यु भएको पुष्टि गरे ।

डा. जोशीलाई ठक्कर दिएर भागेको गाडीको पत्ता लाग्न सकेको छैन् । प्रहरीले गाडीको खोजी भैरहेको जनाएको छ । ‘हामी घटनाबारे थप बुझ्दैंछौं, अनुसन्धान जारी छ,’ बानेश्वर प्रहरी वृतका डिएसपी दुर्गा रेग्मीले भने, ‘उहाँको टाउकोमा गम्भीर चोट लागेको छ ।’

डा. जोशी बसुन्धरास्थित इसान चिल्ड्रेन एन्ड वुमन्स अस्पतालमा कार्यरत थिए । अस्पतालका कार्यकारी निर्देशक डा. आरपी चौधरीले  उक्त दुखद् घटनाले आफूहरुलाई स्तब्ध बनाएको बताए ।  ‘उहाँ यहाँ हाम्रो अस्पतालमा कार्यरत पनि हुनुहुन्छ, एकदमै दुखद् घटना हुन पुग्यो,’ डा. चौधरीले भने । डा. जोशी इशानका शेयरधनी पनि हुन् ।

यसअघि डा. जोशीले कान्ति बाल अस्पताल र शिक्षण अस्पतालमा पनि काम गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ