२०८३ वैशाख १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी

नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी


काठमाडौं–नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकामा मतदान सुरु भएको छ। शुक्रबार विहान ८ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत प्रा. डा. प्रणयरत्न शाक्यले जानकारी दिए ।

मतदान साँझ ६ बजेसम्म जारी रहनेछ भने शनिबार (भोलि) पनि काठमाडौं उपत्यकामा मतदान हुनेछ ।

यसअघि ४ र ५ बैशाखमा उपत्यकाबाहिरका २३ वटा मतदात केन्द्रबाट मतदान भइसकेको छ । एनएमए निर्वाचन समितिकाअनुसार उपत्यकाबाहिर ४२४४ मत खसेको छ ।

एनएमएको १९ सदस्यीय केन्द्रीय कार्यसमितिका निर्वाचन हुँदैंछ । यस पटक संघको नेतृत्वका लागि डा. मंगल रावल, डा. बद्री रिजाल र डा. नारायण भुसाललले प्यानलसहित प्रतिस्पर्धामा छन् ।

१९ सदस्सीय नयाँ कार्यसमितिका लागि तीन वटा प्यानलबाट ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

नेपाल चिकित्सक संघको निर्वाचनमा १६ हजार २०० मतदाता रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ