काठमाडौं—नेपाल मेडिकल काउन्सिलले अमेरिकादेखि बेलायतसम्म विभिन्न ७ देशमा राहदानी लिएका नेपालीमूलका १९ जना चिकित्सकको लाइसेन्स खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका १९ जना चिकित्सकको लाइसेन्स खारेज गरेको जानकारी गराएको हो ।
‘ऐन र नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न नोटिस मात्र अहिले प्रकाशित गरेको हो,’ काउन्सिलका रजिष्ट्रार डा. सतिश देवले भने । काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली, २०२४ र नेपाली नागरिकता ऐन, २०६३ नेपाल मेडिकल काउन्सिलको निर्णयानुसार नेपाली नागरिक परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकहरुको नाम दर्ता किताबबाट हटाएको हो ।
काउन्सिलले बेलायती राहदानी लिएका ७ जना, अमेरिकन राहदानी लिएका ५ जना, क्यानडा र न्युजिल्याण्डको राहदानी लिएका २÷२ जना र जर्मन, भारतीय र अष्ट्रेलियन राहदानी लिएका एक —एक जनाको लाइसेन्स खारेज गरेको हो ।
