२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव


काठमाडौं-सरकारले मन्त्रालयको संख्यामा १७ मा झार्ने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय निकट स्रोतकाअनुसार चार वटा मन्त्रालयहरु खारेजीमा पर्ने प्रस्ताव तयार भएको छ ।

सरकारको १७ मन्त्रालयको नयाँ खाकाअनुसार अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्षेत्र फराकिलो बन्नेछ । मन्त्रालयको कार्यक्षेत्र फराकिलो बनेसँगै नाम पनि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय राख्ने प्रस्तावमा उल्लेख छ ।

नयाँ प्रस्तावित स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा जनसंख्यासँगै खानेपानी तथा सरसफाइ मन्त्रालयको सरसफाई तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको खाद्य सुरक्षा, खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग राख्ने प्रस्ताव गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ