काठमाडौं—नेपाल चिकित्सकको संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्ष र महासचिवमा टिम मंगलको अग्रता कायमै रहेको छ । सोमबार विहान ९ बजेको मतपरिणामअनुसार अध्यक्ष पदमा डा. मंगल रावलले निरन्तर अग्रता कायमै राखेका छन् ।
उनी मतगणना सुरु भएदेखि निरन्तर अग्रता लिइरहेका छन् । डा. मंगलले १६७० मतका साथ अग्रस्थानमा छन् भने उनलाई १५६८ मतका साथ डा. बद्री रिजालले पछ्याइरहेका छन् । यस्तै तेस्रो स्थानमा रहेका डा. नारायणप्रसाद भुसालले ४३७ मत ल्याएका छन् । डा रावल र डा. रिजालबीच १०२ मतको अन्तर रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा डा. सन्जीव तिवारी १४०७ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका डा. कीर्तिपाल सुवेदीले १२९३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ११४ मतको अनतर रहेको छ । तेस्रो स्थानमा रहेका डा. अजयकुमार मिश्रले ८५० मत प्राप्त गरेका छन् ।
महासचिवमा डा. कालु सिंह खत्री १,३९५ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. विश्वराज दवाडीले १,२८२ मतका साथ पछ्याइरहेका छन् । महासचिवका प्रमुख दुई उम्मेदवारबीच ११३ मतको अन्तर छ। महासचिवका उम्मेदवार रहेका डा. अमृत भुसाल ८६७ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।
प्रदेश संयोजक (उपाध्यक्ष) हरुमा कोशी प्रदेशमा डा. रोशन खड्का १४३७ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. टंक बाराकोटी १२५५ र डा. हरिशंकर कार्की ४९४ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै, मधेश प्रदेशमा डा. अमितरञ्जन मिश्र १,६१९ मतका अग्रस्थानमा छन् । उनलाई डा. उदयनारायण सिंह ११७१ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका मोहम्मद अनमुल हक ४८६ मतका साथ तेस्रो स्थानमा छन् ।
बागमती प्रदेश उपाध्यक्षमा डा. सुवास भट्टराई १२३९ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. अरुण शाही १०६४, डा. एकानन्द सिंह ७१७ र डा. रुबश नाथ योगी ३५८ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै, गण्डकी प्रदेशको उपाध्यक्षमा डा. यज्ञराज सिग्देल १,७१८ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. नवराज लम्डारी १,४३१ मतका साथ पछ्याइरहेका छन् ।
लुम्बिनी प्रदेशको उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ १४३४ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. सन्तोष पोखरेल १२९३ मत र डा. लक्ष्मण शर्मा ५८७ मतका साथ पछ्याइरहेका छन् ।
कर्णाली प्रदेशको उपाध्यक्षमा डा. रविन खड्का १३६२ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. सरोज गिरी १२६७ र डा. अनुपमंगल समाल ५४८ मतका साथ पछ्याइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रमोद जोशी १६७१ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. निरज अर्याल १४९१ मतका साथ पछ्याइरहेका छन् ।