काठमाडौं—नेपाल चिकित्सकको संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा सुरु भएको छ । सोमबार १२ बजेर ४० मिनेटमा अपडेट मतपरिणामअनुसार अध्यक्ष पदमा डा. मंगल रावलले निरन्तर अग्रता कायमै राखेका छन् ।
४२४२ मत गणना हुँदा अध्यक्षका अर्का उम्मेदवार डा. बद्री रिजालले अग्रता कम गर्दै लगेका छन् । डा. मंगल १८९५ मतका साथ अग्रस्थानमा छन् भने उनलाई १८१७ मतका साथ डा. बद्री रिजालले पछ्याइरहेका छन् । डा रावल र डा. रिजालबीचको मतान्तर ७८ मतमा झरेको छ । यस्तै, तेस्रो स्थानमा रहेका डा. नारायणप्रसाद भुसालले ४८२ मत ल्याएका छन् ।
वरिष्ठ उपाध्यक्षमा डा. सन्जीव तिवारी १६६५ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका डा. कीर्तिपाल सुवेदीले १४०८ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका डा. अजयकुमार मिश्रले ९६९ मत प्राप्त गरेका छन् ।
महासचिवमा डा. कालु सिंह खत्री र विश्वराज दवाडीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । निरन्तर अग्रता लिदैं आएका डा. कालुसिह खत्रीलाई डा. विश्वले ४ मतले पछि पारेका छन् । डा. विश्वले १५३७ मत ल्याएका छन् भने डा. कालुले १५३३ मत प्राप्त गरेका छन् । महासचिवका उम्मेदवार रहेका डा. अमृत भुसाल ९८३ मतका साथ तेस्रो स्थानमा छन् ।
प्रदेश संयोजक (उपाध्यक्ष) हरुमा कोशी प्रदेशमा डा. रोशन खड्का १८२२ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. टंक बाराकोटी १३४४ र डा. हरिशंकर कार्की ५३४ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै, मधेश प्रदेशमा डा. अमितरञ्जन मिश्र १८९७ मतका अग्रस्थानमा छन् । उनलाई डा. उदयनारायण सिंह १३०२ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका मोहम्मद अनमुल हक ५५० मतका साथ तेस्रो स्थानमा छन् ।
बागमती प्रदेश उपाध्यक्षमा डा. सुवास भट्टराई १४६८ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. अरुण शाही ११६२, डा. एकानन्द सिंह ८३६ र डा. रुबश नाथ योगी ३९९ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै, गण्डकी प्रदेशको उपाध्यक्षमा डा. यज्ञराज सिग्देल १९२८ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. नवराज लम्डारी १६६६ मतका साथ पछ्याइरहेका छन् ।
लुम्बिनी प्रदेशको उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ १७०४ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. सन्तोष पोखरेल १४०७ मत र डा. लक्ष्मण शर्मा ६६४ मतका साथ पछ्याइरहेका छन् ।
कर्णाली प्रदेशको उपाध्यक्षमा डा. रविन खड्का १५०४ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. सरोज गिरी १४८१ र डा. अनुपमंगल समाल ६५९ मतका साथ पछ्याइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रमोद जोशी १९६८ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा. निरज अर्याल १६४५ मतका साथ पछ्याइरहेका छन् ।