२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशुल्क फिर्ता गर्न नीजि मेडिकल कलेजलाई दिएको १५ दिने समय सकिदैं

शुल्क फिर्ता गर्न नीजि मेडिकल कलेजलाई दिएको १५ दिने समय सकिदैं


काठमाडौ—सरकारले नीजि मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न दिएको १५ दिनको समयसीमा आज सकिदैंछ । तर, कलेजहरुले रकम फिर्ता गर्ने विषयमा अझै निर्णय लिएका छैनन् ।

शिक्षा मन्त्रालयले कात्तिक २४ गते सूचना जारी गरी १५ दिन अर्थात मंसिर ७ गतेभित्र बढी लिएको भए शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएका थिए । समयसीमा भित्र रकम फिर्ता वा समायोजन नगरे ठगी मुद्धा चलाउने सरकारको तयारी छ ।

यस बीचमा त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले पनि विद्यार्थीहरुलाई विभिन्न चरणमा भेटेका छन् । उनले विद्यार्थी र अभिभावकको सहमती बिना रकम लिएको कुनै प्रमाण भए जिल्ला प्रशासनमा उजुरी हाल्न भनेका छन् । सहमतीमा कलेजले रकम लिएको प्रमाण भए विद्यार्थी नै कमजोर हुने भनेपछि केही विद्यार्थी हच्किएका छन् ।

डा.बाँस्कोटा कलेज, सरकार र विद्यार्थी तीन निकायको कमजोरी भएको बताउँछन् । त्रिभुवन विश्वविद्यालय र केयुले शुल्क तोकेर विद्यार्थी भर्ना भएपछि मात्रै सरकारले औपचारिक रुपमा शुल्क तोक्दै आएको छ । यसले पनि समस्या ल्याएको त्रिवि स्रोत बताउँछ । मन्त्रालयले यसअघि गत चैत र दसैंअघि पनि शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।

तर, कलेज प्रशासन रकम फिर्ता गर्ने सोचमा देखिएको छैन् । विद्यार्थीहरुले रिले अनशनसहितको धर्ना कार्यक्रम जारी राखेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ