२०८३ जेठ १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड

देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड


काठमाडौं—नेपाली फर्मा कम्पनी देउराली जनता फर्मास्युटिकल्स (डिजेपीएल)ले ९ महिनामा १ अर्ब ४५ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीको सन् २०२६ को ९ महिनाको वित्तिय विवरणअनुसार कम्पनीले १ अर्ब ४५ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।

यसअघि कम्पनीले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ कारोबार गरेको थियो । कम्पनीले पछिल्ला वर्षहरुमा निरन्तर आर्थिक कारोबारमा प्रगति गर्दै गएको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब २ करोड ३० लाख रुपैयाँ, सन् २०२३ १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ७० करोड रुपैयाँ, सन् २०२१ मा १ अर्ब ४६ करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड रुपैयाँ र सन् २०१९ मा १ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरेको थियो ।

देउराली जनता फर्मास्युटिकल्स प्रा.लि. ले चितवनमा उत्पादन विविधिकरणका लागि ५ अर्ब रुपैयाँ लगानी नयाँ कारखाना बनाउने तयारीमा छ । कम्पनीले उत्पादन विविधीकरण गर्ने, क्षमता वृद्धि गर्ने र अन्तर्राष्ट्रिय मापदण्डको उधोग स्थापनाका लागि उक्त लगानी थप्न लागेको हो ।

चितवनको भरपुरमा निर्माण गर्न लागिएको नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कम्पनीले नयाँ परियोजना बनेपश्चात थप ५५० जनाले प्रत्यक्ष रोजगारी पाउने जनाएको छ । हाल देउराली जनता फर्मास्युटिकल्समा ६७५ जना कर्मचारीले काम गरिरहेका छन् ।

सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्सले विभिन्न औषधीहरु उत्पादन गर्दै आएको छ । उसले कार्डियोभास्कुलर, डाइबटिज, गाइनोकोलोजी, चाइल्ड केयर, ग्यास्ट्रो, हेपाटो र डर्मासहित विभिन्न विधाका २ सय ९६ प्रकारका औषधिहरु उत्पादन गरिरहेको छ । देउराली जनता फर्मास्युटिकल्समा अध्यक्ष तथा कार्यकारी निर्देशक हरिभक्त शर्माको मुख्य स्वामित्व छ । उनको ७१ प्रतिशत शेयर छ । कम्पनीले त्यसबाहेको सेयर उनका परिवार र एसोसियटहरुको रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ