२०८३ भदौ १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन

निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन


काठमाडौं—स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा लागु भएका निजी स्वास्थ्य संस्थाहरुमा बीमाबाट प्रदान हुने आकस्मिकबाहेकका सेवा स्थगन गरेको छ ।

१२ जेठमा स्वास्थ्य बीमा बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले १६ जेठदेखि लागु हुने गरी स्वास्थ्य बीमामा आवद्ध निजी स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आकस्मिकबाहेकका सेवा स्थगन गर्न निर्देशन दिएकी हुन् ।

११ जेठमा स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तिय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम लागु भएका निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरु स्थगन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार १२ जेठमा स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा लागु भएको सबै निजी स्वास्थ्य संस्थाहरुलाई उक्त जानकारी गराएको हो ।

स्वास्थ्य बीमा बोर्डमाथि पछिल्लो समयमा ठूलो आर्थिक दायित्व थपिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ