२०८३ जेठ १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त


काठमाडौं—चिकित्सा शिक्षा आयोगको शक्तिशाली उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । आयोगको उपाध्यक्षका लागि दरखास्त दिने अन्तिम दिन १३ जेठसम्म १० जनाको आवेदन परेको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठन सिफारिस समितिले जनाएको छ ।

समितिले ३० बैशाखबाट १३ जेठसम्म चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि इच्छुक व्यक्तिहरुबाट दरखास्त माग गरेको थियो । अन्तिम दिनसम्म १० जनाको आवेदन परेपछि आयोगले कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समय समेत निर्धारण गरेको हो ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष प्रा.डा. गेहनाथ बराल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. दिनेशकुमार लम्साल, प्रा.डा. दिपेन्द्र श्रेष्ठ र प्रा.डा. देवेन्द्रबहादुर खत्रीको दरखास्त परेको छ ।

यस्तै, सह—प्रा. प्रमोद कुमार यादव, पूर्व स्वास्थ्य सचिव डा. रोशन पोरखेल, आयोगका पूर्व उपाध्यक्षसमेत रहिसकेका हालका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सुरज श्रेष्ठ र प्रा.डा. शैलेश प्रधानले उपाध्यक्षका लागि दरखास्त दिएका छन् ।

समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारलाई २८ जेठमा प्रस्तुतीकरण र २८ जेठमा अन्तर्वार्ताका लागि बोलाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ