२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसूर्तीजन्य पदार्थ प्रयोग र नियन्त्रण सम्बन्धि अनुसन्धान हुने

सूर्तीजन्य पदार्थ प्रयोग र नियन्त्रण सम्बन्धि अनुसन्धान हुने


काठमाडौं—नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविआप्र)ले सूर्तीजन्य पदार्थ प्रयोग र नियन्त्रण सम्बन्धि अनुसन्धान कार्यक्रम थालनी गर्ने भएको छ । समकालीन नीतिहरुको चुनौतीहरुमा काम गर्दै आएको नेविआप्रले यसपटक भने बढ्दो सूर्तीजन्य पदार्थ प्रयोगको अवस्थालाई मध्यनजर गर्दै उक्त समस्या सम्बन्धि अनुसन्धानको थालनी गर्न लागेको हो ।

संस्थाले सोमबार पुल्चोकमा पत्रकार सम्मेलन गर्दै नेपालमा सूर्तीजन्य पदार्थ प्रयोग गर्ने व्यक्तिको आँकडा हालसम्म अनुसन्धानमा आधारित नभएको भन्दै यसको क्षेत्रगत अनुसन्धान र नियन्त्रणका प्रभावकारी कार्यक्रम आवश्यक भएका कारण आफूहरुले यस सम्बन्धि अनुसन्धान गर्न लागेको जानकारी दिएको थियो ।

कार्यक्रममा एनडिआरआईका कार्यकारी अधिकृत जयकुमार गुरुङले ‘सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम २०१९–२०२१’ को मूल उद्देश्य नेपाल सरकारलाई सूर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग गर्ने रहेको बताए । उनले स्वास्थ्य तथा आर्थिक पक्षमा अधिकतम प्रभाव पार्ने सूर्तीजन्य पदार्थ नियन्त्रणलाई नेपाल सरकारले गम्भीर रुपमा नलिएको बताउँदैं यसमा सरकारको चाँडोभन्दा चाँडो ध्यानाकर्षण गराउन आवश्यक रहेकोे बताए ।

पूर्वमन्त्री गणेश शाहले भने यस्ता कार्यक्रमले संविधानमा उल्लेखित स्वस्थ्य नागरिक बनाउने नीतिलाई सहयोग गर्ने विश्वास ब्यक्त गरे । उनले त्यसका लागि पत्रकारहरुको भूमिका मुख्य रहने बताउँदै हालसम्म सूर्तीजन्य पदार्थसम्बन्धी सरकारका नकारात्मक र सकरात्मक दुवै पक्षको चर्चा गर्न आग्रह गरे ।

नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ प्रयोगको कारण प्रत्यक्ष २७ हजार मान्छेले ज्यान गुमाउने सरकारी तथ्यांक छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ