२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनहित सोचेर काम गरौं, सबै सफल हुन्छौं : स्वास्थ्यमन्त्री ढकाल

जनहित सोचेर काम गरौं, सबै सफल हुन्छौं : स्वास्थ्यमन्त्री ढकाल


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालय मातहतका महाशाखा प्रमुखबाट अल्पकालीन र दीर्घकालीन कार्यक्रमहरुको विषयमा जानकारी लिएका छन् । मंगलबार स्वास्थ्य सेवा विभागको निरीक्षण तथा छलफलका लागि पुगेका मन्त्री ढकालले विभाग मातहतका महाशाखा प्रमुखसँग भइरहेका कामको बारेमा जानकारी लिएका हुन् ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा सूचना केन्द्र, क्षयरोग नियन्त्रण केन्द्र, परिवार कल्याण महाशाखा, राष्ट्रिय यौन रोग तथा एचआईभी एड्न नियन्त्रण केन्द्र, स्वास्थ्य ब्यवस्थापन महाशाखा, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, इडिसिडी र सरुवा रोग तथा नियन्त्रण महाशाखा प्रमुखहरुले २०१६ देखि २०२१ सम्ममा नेपाली स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ बनाइएका योजनाहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

स्वास्थ्य सचिव समेत लिएर विभाग पुगेका मन्त्री ढकालले प्राप्त उपलब्धीलाई जोगाउदैं देखिएका कमी कमजोरी सरकारी नियम कानुनमा रहेर नै सुधार गर्नुपर्ने बताए । उनले सबै अधिकारीलाई आफ्नो ब्यक्तिगत फाइदा नसोची जिम्मेवारीपूर्ण रुपमा काम गर्न समेत निर्देशन दिएका थिए ।

‘हामी सबै आ–आफ्नो ठाउमा जिम्मेवार बनौं,’ उनले भने, ‘परिणाम राम्रो निस्कन्छ ।’ मन्त्री ढकालले कुनै पनि काम गर्दा विभेद र ढिलासुस्ती नगर्न समेत जोड दिएका थिए । उनले समग्र जनहितको आवश्यकताअनुरुप कसरी अगाडि लान सकिन्छ, त्यसरी नै काम अगाडि बढाउन आफू प्रतिवद्ध रहेको र सबैले त्यसमा साथ दिन पनि आग्रह गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ