२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुनिभर्सल मेडिकल कलेजका विद्यार्थीले जलाए सम्झौता पत्र

युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले जलाए सम्झौता पत्र


बुटवल—विगत लामो समयदेखि आन्दोलनमा रहेका युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका विद्यार्थीहरुले सरकारसँग भएको सम्झौताप्रति असहमति जनाएका छन् । सम्झौता विद्यार्थीको पक्षमा नरहेको भन्दै बिहिवार कलेजका विद्यार्थीहरुले सम्झौतापत्र जलाएर विरोध प्रर्दशन गरे ।

उनीहरुले सरकारले कलेज संचालकहरुसँग गरेको सम्झौताले विद्यार्थीको मागको सम्बोधन नभएको जनाउँदै आन्दोलन नरोक्ने बताएका छन् । ‘सरकारले मेडिकल माफियाहरुसँग मिलेर विद्यार्थीहरुको माग सम्बोधन नहुने गरि सम्झौता गरेको छ । यसमा हाम्रो समर्थन छैन्,’ एक विद्यार्थीले भने, ‘आन्दोलनलाई निरन्तरता दिन्छौँ ।’

विद्यार्थीहरुले एमवीवीएस अध्ययनका लागि सरकारले तोकेको भन्दा झन्डै १५ लाख शुल्क बढी संचालकहरुले लिएको भन्दै आन्दोलन गरिरहेका छन् । सरकारले मेडिकल कलेज संचालकहरुसँग बढी लिएको शुल्क समायोजन गर्ने सहमति गरेको थियो । सहमतिमा पहिलो र दोस्रो वर्षको मात्र बढी शुल्क लिएको फिर्ता हुने र अरु फिर्ता नहुने सरकार र मेडिकल कलेजहरुको सम्झौतामा उल्लेख छ ।

विद्यार्थीहरुले सो सम्झौता आफूहरुलाई मान्य नहुने बताउँदै आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । रिले अन्सनमा बसेका बिद्यार्थीहरु बिहिवार प्लेकार्डसहित आन्दोलनमा उत्रिएका थिए । एक महिनादेखिको आन्दोलनका कारण कलेजमा पठन–पाठन ठप्प छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ