२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबलात्कार प्रयासको आरोपमा पक्राउ परेका चिकित्सकबारे एनएमएको चासो

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका चिकित्सकबारे एनएमएको चासो


काठमाडौं—बलात्कारको प्रयास गरेको आरोपमा नेपाल मेडिसिटी अस्पतालबाट प्रहरीले  एक जना चिकित्सकलाई पक्राउ गरेको घटनाप्रति नेपाल चिकित्सक संघ (एनएमए)ले चासो व्यक्त गरेको छ ।

बिहीबार संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै विरामी जाँच गर्दा एकजना चिकित्सकलाई प्रहरीले हिरासतमा लिई थुनामा राखेको सन्दर्भमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उसले विद्यमान संशोधित मुलुकी अपराध संहिता ऐन विपरित अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बिरामी चेकजाँच गरिरहेको अवस्थामा चिकित्सकलाई विना कुनै अनुसन्धान पक्राउ गरेको भन्दैं विरोध जनाएको हो । संघले संशोधित मुलुकी अपराध संहिता ऐन बमोजिम कानुनी कारवाही अगाडि बढाएर कानुनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारसँग माग गरेको छ ।

संशोधित अपराध संहितामा चिकित्सकले चिकित्सकीय लापरवाही गरेको आरोप लागेमा नेपाल मेडिकल काउन्सिलले तोकेको विज्ञ चिकित्सकको संयोजत्वमा ५ सदस्सीय अनुसन्धान समिति गठन गर्ने र उक्त समितिले कसुरद्धार ठहर गरेमा मुद्धा चलाइने पाउने प्रावधान छ । तर, अस्पतालमा चिकित्सकबाट हुने महिला दुर्व्यवहारका घटनामा भने उक्त कानुनले बोलेको छैन् ।

बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका ती चिकित्सकलाई नेपाल मेडिसिटी अस्पतालले भने सेवाबाट हटाइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ