२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीलाई आइसियुबाटै डिस्चार्ज दिने

प्रधानमन्त्रीलाई आइसियुबाटै डिस्चार्ज दिने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइसियुबाटै डिस्चार्ज गर्ने निर्णय भएको छ । यो संगै अझै एक हप्ता ओली आइसियुमा रहने भएका छन् । उपचार टिमका संयोजक डा अरुण सायमीले ओलीलाई आइसियुबाटै डिस्चार्ज गरिने बताए । गत मंगलबार एपेन्डिसाइटिस भएर अस्पतालमा ओली आराम गरिरहेका छन् ।

मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भएकाले पनि ओली संक्रमणको उच्च जोखिममा रहेका छन् । आइसियुबाट निकालेर सामान्य वेडमा राख्दा भेटघाट गर्नेहरुको भिड हुने भएकाले हामीले डिस्चार्ज नगर्दा सम्म आइसियुमा राख्ने भएका हौं उनले भने ।

ओलीलाई अहिले श्रीमती राधिका शाक्यले गित सुनाउने बेला बेला पुस्तक पढेर सुनाउने गर्दै आएकी छन् । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेपनि खतराबाट मुक्तभने नरहेको औल्याएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ