२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नर्सिङ संघको निर्वाचनमा दुई प्यानलबीच भिडन्त हुने, को—को बने उम्मेदवार ?

नेपाल नर्सिङ संघको निर्वाचनमा दुई प्यानलबीच भिडन्त हुने, को—को बने उम्मेदवार ?


काठमाडौं—नेपाल नर्सिङ संघको ९ पुसमा हुने निर्वाचनका लागि दुई समूहले प्यानल बनाएरै उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिकाअनुसार उम्मेदवारी दर्ता गर्ने दिन आइतबार दुई समूहले प्यानल बनाएरै उम्मेदवारी दर्ता गरेका हुन् ।

मनकुमारी राई समूह—१ बाट अध्यक्षमा मनकुमारी राई, बरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बाँनिया, महासचिवमा नर्मदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा निकट मानिने मनकुमारी समूह प्रगतिशील समूहका रुपमा चुनावी मैदानमा देखिदैंछ ।

यसैगरी, मुना राना थापा समूह—२ बाट मुना राना थापा अध्यक्ष, उर्मिला श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, विमलाकुमारी शाह उपाध्यक्ष, यसोदा बराल महासचिव, कविता आचार्य कोषाध्यक्षको उम्मेदवार बनेका छन् । कांग्रेस निकट मानिने मुना समूह समावेसी समूहका रुपमा चुनावी प्रतिस्पर्धामा ओर्लिएको हो ।

स्वतन्त्र समूह—३ बाट भने अस्मिता ढकालले खुल्ला सदस्यमा उम्मेदवारी दिएकी छन् । संघको १९ औं कार्यसमितिका लागि ९ पुसमा निर्वाचत हुँदैंछ । जसमा पदाधिकारी र सदस्य गरी १४ जनाका लागि निर्वाचन हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ