२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको भिडियो सन्देश, ‘म उठेर बोल्न सक्ने भएको छु’

प्रधानमन्त्री ओलीको भिडियो सन्देश, ‘म उठेर बोल्न सक्ने भएको छु’


काठमाडौं—स्वास्थ्यबारे बजारमा अनेकथरि हल्ला चल्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश दिएका छन् । अस्पतालको शैय्याबाटै उनले सोमबार २ मिनेट ५ सेकेण्ड लामो सन्देश जारी गर्दै प्रधानमन्त्रीले आफू उठेर बोल्न सक्ने भएको बताएका छन् ।

‘एउटा मेजर अप्रेसनपछि तपाईहरु देखिरहनुभएको छ, अहिले पनि मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीभाइसँग कुरा गर्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु,’ प्रधानमन्त्रीले उक्त भिडियो सन्देशमा भनेका छन्, ‘हिजो मैले १३ औं सागको उद्घाटन समारोह पूरै हेरे । र, हुन सक्छ कि सक्दैन दुविधा समाप्त भएकोमा खुशी लागिराख्या छ ।’

प्रधानमन्त्रीको भिडियो सन्देश जस्ताको तस्तै

एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना आउने रोग होइन्, यो अचानक आइलाग्छ । मलाई पनि त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ र बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएकाले त्यो इन्फेक्सनलाई पनि हटाउनुप¥यो । त्यसकारण केही दिन हप्ता दश दिन उपचारको क्रम लाग्ने भयो तर मेरो स्वास्थ्य राम्ररी अगाडि बढिराख्याछ, सुधार भैराख्या छ ।

एउटा मेजर अप्रेसनपछि तपाईहरु देखिरहनुभएको छ अहिले पनि मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीभाइसँग कुरा गर्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । हिजो मैले १३ औं सागको उद्घाटन समारोह पूरै हे¥यौं । र, हुन सक्छ कि सक्दैन दुविधा समाप्त भएकोमा खुशी लागिराख्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनुभएकोमा अरुसबैलाई सहभागी भएकोमा धन्यवाद भन्न चाहन्छु । अब मैत्रीपूर्ण खेलबाट देशको इज्जत र क्षेत्रीय इज्जत अगाडि बढाउन म खेलाडी र सार्क क्षेत्रका खेलाडीहरु सबैलाई आग्रह गर्दछु ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ