२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्यमन्त्री अधिकारीले नयाँ स्वास्थ्यमन्त्री ढकाललाई दिए १० सुझाव

पूर्व स्वास्थ्यमन्त्री अधिकारीले नयाँ स्वास्थ्यमन्त्री ढकाललाई दिए १० सुझाव


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले १० वटा सुझाव दिएका छन् । मंगलबार मन्त्री ढकाललाई बधाई तथा शुभकामना दिन मन्त्रालय पुगेका अधिकारीले आफूले सुरु गरेका नीतिगत कुराहरुलाई अगाडि बढाउन सुझाव दिएका हुन् ।

उनले अस्पतालहरुको सुधारको कामलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका थिए । त्यसैगरी स्थानीय तहसम्म जनताले सहज र सुलभ तरिकाले स्वास्थ्य सेवा पाउने गरी च्यानल तयार गर्न र विमा कार्यक्रमलाई प्रभावकारी बनाउन उनको आग्रह थियो ।

जवाफमा मन्त्री ढकालले आफूले अध्ययन गरिरहेको र अगाडिका मन्त्री, विज्ञहरुसँग सल्लाह सुझाव लिएर अगाडि बढ्ने जवाफ दिएका थिए । उनले मन्त्रीलाई छुट्टै सुझावभन्दा पनि आफूले सार्वजनिक रुपमै राखेका योजनालाई सम्झाएको बताए । ‘उहाँले छोटै समयमा लय पकडी सक्नुनुभएछ,’ उनले भने, ‘मैले सुरु गरेका नीतिगत कुराहरु उहाँले पहिलेनै अध्ययन गरिसक्नुभएको रहेछ ।’

पूर्व मन्त्री खगराजले दिएका १० सुझाव

१. स्वास्थ्यमा सहजै रिजल्ट देखिन गाह्रो छ । त्यसकारण कुनै पनि नीति योजना ल्याउँदा विशेष अध्ययन गर्नुहोला ।

२. केन्द्रीय, प्रदेश र स्थानीय अस्पताललाई सुधार गर्ने ठोस योजना बनाउने र स्वास्थ्यर्मीहरुलाई जिम्मेवार बनाउन उनीहरुका सेवा सुविधामा परिमार्जन गर्नुपर्ने ।

३. तल्लो तहसम्म स्वास्थ्य सेवालाई चुस्त, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न मन्त्रालयअन्तर्गत नै छुट्टै अनुगमन प्रणाली विकास गर्ने ।

४. स्वास्थ्य विमालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई नियमित गराउन सेवा सुविधाहरु ।

५. केही वर्षदेखि सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रणालीभन्दा पनि बाहिरबाट मन्त्रालय चलाउने परिपाटीको अन्त्य गर्नुपर्ने ।

६. संघ, प्रदेश र स्थानीय तहको समन्वयलाई चुस्त दुरुस्त राख्ने ।

७. मेडिकल इक्युपमेन्टहरुको गुणुस्तरीयतामा ध्यान दिने ।

८. दातृ निकायहरुसँगको सम्बन्धलाई विश्वसनीय बनाउने ।

९. औषधीको गुणस्तरमा सम्झौता नगर्ने ।

१०. संसदको स्वास्थ्य तथा शिक्षा समितिले दिएका २७ वटा सुझावलाई ध्यान दिएर तिनीहरुको कार्यन्वयनमा जाने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ