२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराउटे कपिलको वीर अस्पतालमा उपचार हुँदै

राउटे कपिलको वीर अस्पतालमा उपचार हुँदै


काठमाडौं—२०७२ पौष ६ गते आगोले जलेर गम्भीर घाइते भएका २२ वर्षीय राउटे कपिल शाहीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको छ । शरीर सुन्निने, पेट फुल्ने, टाउको दुख्नेजस्ता समस्या देखिएपछि उनलाई सोमबार वीर अस्पतालमा भर्ना गरिएको हो ।

झण्डै एक महिनादेखि बिरामी परेका उनलाई प्रदेश सरकारले सुर्खेत अस्पताल उपचारका लागि लगेको थियो । तर, चिनेका व्यक्ति नभएपछि राउटे मुखियाहरुले कपिल शाही जंगलमा नै लगेका थिए । सोमबार भने राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले शाहीलाई काठमाडौं ल्याएकी हुन ।

अधिकारीलाई राउटे समुदायले भान्जी भन्ने गर्छन । घाइते शाही अछामको भैरवस्थानका हुन् । उनको मिर्गौला र कलेजोमा समस्या भएको अधिकारीले बताइन् । चार वर्षअघि आगोले पोलेर शाहीको पाखुरा, ढाड र पेटमा गम्भीर घाउ भएको छ ।

आगोले गर्दा उनका महत्वपूण अंग जलेको थियो । राउटे समुदायले झारफुक र जडिबुटी उपचारमा मात्रै विश्वास राख्ने गर्छन । ‘यहाँसम्म ल्याउन पनि निकै फकाउनुप¥यो, अधिकारीले भनिन्, ‘उपचारको लागि अस्पताल जान मान्दैनन् ।’ राउटे कपिलको पिसाब पनि राम्रोसँग नभएको अधिकारीले बताइन् । पेट सुनिएकाले कलेजोमा समेत समस्या भएको अनुमान चिकित्सकले गरेका छन् ।

घरमा चाडै निको भएर आउनु भनेको छ

कपिल शाही
राउटे
हामी अस्पतालप्रति विश्वास गर्दैनौं । पहिला दिदी (सत्यदेवी अधिकारी)ले ल्याउनु भएको थियो । ठिक भएकाले यस पटक पनि बुवाआमाले निको भएर आउनु भन्दै पठाउनु भएको हो । सुर्खेतमा दश दिन बसेर यहाँ आएको हुँ । मेरो पेट, खुट्टा, सुन्निने र टाउको दुख्ने गरेको छ । घरबाट धेरै दिन नबस उपचार गराएर चाडै आउ भन्नु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ