२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको वार्षिक समीक्षा गोष्ठी सुरु, २८ प्रतिशत स्थानीय तहले मात्र समयमा रिपोटिङ्ग गरे

स्वास्थ्यको वार्षिक समीक्षा गोष्ठी सुरु, २८ प्रतिशत स्थानीय तहले मात्र समयमा रिपोटिङ्ग गरे


स्थानीय तह र प्रदेशले केन्द्रीय सरकारलाइ समयमा रिपोटिङ्ग नगर्दा स्वास्थ्य तथ्यांक संकलन तथा नया योजना निर्माणमा गाह्रो पर्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

बुधवारबाट सुरु भएको वार्षिक समिक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य सेवा विभागका कर्यकारी महानिर्देशक डा रोसन पोख्रेलले यस वर्षको पहिलो तिन महिना सम्मा २८ प्रतिशत स्थानिय तहले मात्र सहि समयमा रिपोटिङ्ग गरेको बताए । ‘पहिलेको भन्दा केही सुधार छ’ उनले भने ‘तर शन्तोषजनक अवस्थामा छैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निती योजना तथा अनुगमन महाशाखा प्रमुख विकास देवकोटाले सहि समयमा सहि रिपोटीङ्ग नहुदा योजना नर्माणमा असर पर्न थालेको जानकारी दिए । उनले पछिल्लो समय पहाड उक्लदै गरेको डेंगी, कालाजार र मलेरीयाका विषयमा छलफल गरी थप अध्ययन गरीनुपर्ने बताए ।

औषधी व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बजारमा दर्ता नभएका औषधी छ्यापछ्याप्ती रहेका बताए । उनले खुल्ला सिमानाका कारण भित्रीएका यस्ता अबैध औषधि नियन्त्रणमा चुनौती रहेको समेत बताए ।

७ सय ८७ चालु कार्यक्रम

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा ७ सय ८७ कार्यबटा कर्माक्रम चालु अवस्थामा रहेको जानकारी दिएएको थियो । जसमा एकीकृत स्वास्थ्य पुर्वधार विकास कार्यक्रममा ७ सय ५२ रहेका छन् । जसको बजेट ६ अर्व ११ करोड ३४ लाख रहेको छ ।

त्यसैगरी आयुर्वेद सेवा कार्यक्रम अन्र्तगत ३५ कार्यक्रम चालु अवस्थामा छन् । जसको बजेट २२ करोड ७० लाख ८० हजार रहेको छ ।
यसैगरी आर्थीक वर्ष ०७५’०७६ मा ३ सय ३५ बटा आयोजनाहरु सम्पन्न भएको समिक्षामा जानकारी दिइयो । जसमा २२८ बटा आयोजना सम्पन्न भइ अन्तीम भुक्तानी समेत भइसकेको छ भने बाकी १०७ ओटाको काम समिएको तर विल भुक्तानी हुन बाकी रहेको छ ।
भक्तपुरको बोडेमा चलीरहेको समिक्षा भोली बिहिवार सम्म संचालन हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ