२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल एण्ड ल्याब एक्सपो २०१९ हुँदै

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो २०१९ हुँदै


काठमाडाैं-नेपालको स्वास्थ्य क्षेत्र र ल्याव क्षेत्रलाई सहयोग प¥याउने उदेश्यले नेपाल मेडिकल एण्ड ल्याव एक्स्पो हुने भएको छ ।

आगामी मंसिर २७ देखि २९ सम्म काठमाडाैंको भृकुटीमण्डपमा मेडिकल र डायग्नोस्टिक सम्बन्धी एकै ठाउँमा जानकारी दिने उद्देश्यले नेपाल मेडिकल शो को तयारी गरिएको हो ।

प्रदर्शनीसँगै ‘नेपाल ल्याब एक्स्पो’ र ‘हेल्थकेयर सप्लाई चेन शो’ पनि आयोजित हुनेछन् । हेल्थकेयर सप्लाई चेन शो भने यसै वर्ष इ.इ.पी.सी. (इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सिल, भारत) को सहकार्यमा हुँदैछ । यसको विशेष प्राथमिकता अस्पतालको पूर्वाधार रहने छ । नेपाल मेडिकल र ल्याब शो एस.डी. प्रोमो मिडियाद्वारा गरिने छ।

नेपालको स्वास्थ र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी यस क्षत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान-प्रदान गर्ने प्ल्याटफर्म भएको आयोजकको दावी छ ।

यस अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा विशेषतः एनेसथेजिया, बायो–मेडिकल, इ.एन.टी., अर्थोपेडिक्स, सर्जिकल, मेडिकल, आई.सी.यू., अस्पताल फर्निचर, मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्याबिलिटेशन, मेडिकल ग्यास, एक्स–रे, ल्याब इक्युपमेन्ट्, एनालाइटिकल इक्युपमेन्ट्, एजुकेशन र अन्य सेवा प्रदायकहरुको स्टल रहने छ।

प्रदर्शनीमा २ सय ५० भन्दा बढि कम्पनीहरु, ८ सय भन्दा बढी ब्राण्डहरु र ६ हजार भन्दा बढि भिजिटरहरुको उपस्थिती हुनेछ । प्रदशर्नीमा १५ मुलुकका अफिसरहरु, डाक्टरहरु, निति–निर्माणकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् ।

नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुत गति दिन यस एक्सपोले सहयोग पुर्याउने छ । यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्स्पोले दिनेछ । आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द्र , फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपूर्तिसँग सम्बन्धित रहनेछन्।

एस. डी. प्रोमो मिडिया ल्याबोरेटरी, वैज्ञानिक, एनालाइटिक, अप्टिकल, शैक्षिक, अप्थ्याल्मोलोजी, फार्मा र मेडिकल क्षेत्रको आवश्यकता पु¥याँउदै आइरहेका अग्रणी संस्था हो । भारत, पूर्वीअफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, र दक्षिण–पूर्वी एसिया लगायतका बजारहरुमा यसको लामो अनुभव तथा विशेषज्ञता छ।

यस प्रदर्शनी तथा सम्मेलनका आयोजकहरुले हेल्थकेयर र ल्याबोरेटरी उद्योगलाई बढावा मात्र नदिई नयाँ विचार, अनुसन्धानका अवसर, खोज र सिनर्जीलाई प्रोत्साहन गर्ने अपेक्षा गरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ