२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारश्रीलंकाका १३ खेलाडीमा डेंगु, ब्लुक्रस अस्पतालमा उपचारपछि ६ जना डिस्चार्ज

श्रीलंकाका १३ खेलाडीमा डेंगु, ब्लुक्रस अस्पतालमा उपचारपछि ६ जना डिस्चार्ज


काठमाडौं—जारी १३ औं सागमा सहभागी हुन आएका १३ जना श्रीलंकाली खेलाडीमा डेंगु भेटिएको छ । डेंगु भेटिएपछि उनीहरुलाई ब्लूक्रस अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

त्रिपुरेश्वरस्थित ब्लूक्रस अस्पतालकाअनुसार डेंगु देखिएकामध्ये महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था अलि गम्भीर रहेकाले उनको आईसियुमा उपचार भैरहेको छ । फुटबल खेल्न पोखरा पुगेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

डेंगु देखिएकामध्ये ६ जना खेलाडी भने उपचारपछि डिस्चार्ज भैसकेका छन् । बिरामी हुनेमा धेरैजसो एथलेटिक्सका खेलाडी रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डा. लाल इकनायकेले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ