२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघरघरमा पाइने उपयोगी १० द्रब्य

घरघरमा पाइने उपयोगी १० द्रब्य


१.वचा
नाम— एकोरस कैलेमस, वचा, उग्रगन्धा, षड्ग्रन्था आदि
प्रयोग— कफवातज विकारमा यसको प्रयोग हुन्छ । अग्निमान्द्य, अरुची, विबन्ध, आध्मान, उदरशुल, अर्श,कृमि रोगहरुमा प्रयोग हुन्छ । प्रतिश्याय, कण्ठशोथ, स्वरभेदमा समेत यसको प्रयोग हुन्छ । उन्माद, अपस्मार, चिन्ता, शोक आदिमा समेत लाभकर हुन्छ ।

प्रयोज्य अंग—मूल एवं भौमिक काण्ड

२.जटामांसी
नाम— नार्डोस्टैकिस जटामांसी, भूतजटा, तपस्विनी, स्पाइकनार्ड
प्रयोग—मूत्रकृच्छ, वस्तिशोथमा यसको प्रयोग गरिन्छ । अग्निमान्द्य, आनाह, उदरशूलमा यसको प्रयोग गरिन्छ । कास, श्वासमा समेत यसको प्रयोग गरिन्छ ।
प्रयोज्य अंग—मूल


३.लवंग

नाम—सिजिगियम एरोमेटिकम, चन्दनपुष्पक, देवकुसुम, क्लोव
प्रयोग— अरुची, अग्निमान्द्य, अजीर्ण, आध्मान, उदरशूल, अम्लपित्त, छर्दि र तृष्णामा यसको प्रयोग हुन्छ । शिरशूल, प्रतिश्याय, मुखरोग, कण्ठरोग, दन्तशूल, कटिशूल, आमवातमा यसको तेल प्रयोग गरिन्छ ।
प्रयोज्य अंग— पुष्पकलिका

४.दालचीनी
नाम—सिनेमोमम् जिलेनिकम, त्वक्, दारुसिता, सिनेमन
प्रयोग—मुखशोधन,मुखदुर्गन्धनाशन तथा दाँतलाई मजबुत बनाउन यसको प्रयोग गरिन्छ ।
अरुची, अग्निमान्द्य, आमदोष, उदरशूल, ग्रहणी तथा अर्शमा लाभदायक मानिन्छ ।
प्रयोज्य अंगः त्वक, तेल, पत्र


५.तिल

नाम—सिसेमम इण्डिकम, तिल, सिसेमम
प्रयोग— त्वचामा रुक्षता अधिक भएमा तिलको तेलद्वारा अभ्यंग गरिन्छ ।
पक्षाघात ,अर्दित आदि वातविकारहरुमा विशेष लाभदायक मानिन्छ ।
हिक्का, श्वास तथा मस्तिष्क दौर्बल्यमा लाभदायक मानिन्छ ।
प्रयोज्य अंग—बीज, तेल

६.पारिजात
नाम—निक्टैन्थिस आर्बर ट्रिस्टिस, शेफालिका, नाइट जैस्मिन
प्रयोग—हश्र रोगमा यसको पत्रस्वरस उपयोगी हुन्छ ।
रक्तविकार, कास—श्वास, मूत्रकृच्छ, जीर्णज्वरमा यसको प्रयोग गरिन्छ ।
प्रयोज्य अंग— पत्र, त्वक्

७.हरिद्रा
नाम—कुर्कुमा लौंगा, निशा, हलदी, टर्मेरिक
प्रयोग—
अरुची, विबन्ध, कामला, जलोदर एवं कृमि रोगमा प्रयोग हुन्छ ।
कास, श्वास कष्टमा उपयोगी हुन्छ ।
रक्तविकार, पाण्डु, रक्तस्राव, कुष्ठ, कण्डू ,त्वग्दोषमा उपयोगी हुन्छ ।
प्रयोज्य अंग— कन्द

८.माष
नाम—फैसिओलस मुंगो, माष, ब्लैक ग्राम
प्रयोग—
नाडीदौर्बल्य, पक्षघात, अर्दित, सन्धिवात, वस्तिशोथ, अरुचि, उदरशूल, विबन्धमा प्रयोग हुन्छ ।
दौर्बल्य, कृशतामा समेत यो लाभदायक हुन्छ ।
प्रयोज्य अंग—बीज

९.आमलकी
नाम— एम्बिलका औफिसिनेलिस, अमला, धात्री, एम्बिलक मिरोबेलन
प्रयोग—
कास, श्वास, हृद्ररोग, रक्तपित्त, रक्तविकार, अरुचि अग्निमान्द्य, अम्लपित्त, मस्तिष्कदौर्बल्यमा यसको प्रयोग हुन्छ ।
क्षय, शोथ, तृष्णा, दाह, कुष्ठ, विसर्प आदिमा लाभदायक हुन्छ ।
प्रयोज्य अंग— फल


१०.तुलसी

नाम—औसिमम सैक्ंटम, तुलसी सुरसा, सैक्रेड बेसिल, होली बेसिल
प्रयोग—
तुलसी वातश्लैष्मिक विकारका लागि उपयुक्त रहन्छ ।
कृमिरोग, विष्टम्भ लागि उपयोगी हुने तुलसी हृदयदौर्बल्य तथा रक्तविकारमा समेत लाभदायक रहन्छ ।
मूत्रकृच्छ, शुक्रमेह तथा त्वचागत विकारमा समेत तुलसीको प्रयोग गरिन्छ ।
कास, श्वास, पार्श्वशूल तथा यक्षमा मा तुलसीको पत्रस्वरस प्रयोग गरिन्छ । दीपन, पाचन, अनुलोमन र कृमिघ्न कर्म गर्ने तुलसी प्रतिश्याय, विषमज्वर वा शीत प्रधान ज्वरमा उपयोगी रहन्छ ।
वेदनाहर र शोथहरका रुपमा चिनिने तुलसी कफवातशामक रहन्छ ।
प्रयोज्य अंग—पत्र, पुष्प, बीज, मूल


सन्दर्भ सामग्रीः द्रव्यगुण विज्ञान, प्रियव्रत शर्मा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ