२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको समायोजन सुल्झाउन स्वास्थ्यमन्त्री ढकालका ५ योजना

स्वास्थ्यको समायोजन सुल्झाउन स्वास्थ्यमन्त्री ढकालका ५ योजना


काठमाडौं—लामो समयदेखि समाधान हुन नसकेको स्वास्थ्यको समायोजनलाई टुंगोमा पु¥याउन नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ५ वटा योजना अगाडि सारेका छन् । सोमबार मन्त्रालयमा संवाददाताहरुसँगको अन्तरक्रियामा उनले समायोजनको समस्यालाई चाडोभन्दा चाडो टुंग्याउने दिशामा अगाडि बढेको बताए ।

करिब ७ हजार स्वास्थ्यका कर्मचारीले आफूहरुलाई समायोजनले समस्या बनाएको भन्दै मन्त्रालयमा गुनासो गरेका थिए । पहिलो योजनामा त्यसमा एक हजारको सम्बोधन भइसकेको र बाँकी एक हजारको सम्बोधन हुने तयारीमा रहेको समेत उनले जानकारी दिए ।
दोस्रो योजनामा बाकी रहेका ५ हजारमध्ये २ हजार नाम पद नमिलेका कारण समस्या भएको उनले बताए । नाम पदका कारण समस्या भएकाहरुलाई पहिले कै नाम पदअनुसार समायोजन गरिने मन्त्री ढकालले बताए । त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लगेर पारित गराउने तयारी रहेको छ ।

तेस्रो योजनामा समायोजनका कारण खाली भएका स्थानमा धेरैले जान चाहेको तर प्राविधिक कारणले समस्या भएकाहरुलाई पठाउने तयारी मन्त्रालयले गरेको छ ।

चौथो योजना गुनासो गरेका तर समायोजनमा सम्बोधन गर्नै नसक्नेका लागि उचित जवाफ दिने गरी तयारी भइरहेको छ । चार वटै विकल्पमा पनि समेटिन नसकेकाहरुलाई तत्काल पुल दरबन्दीमा राखी अत्यावश्यक ठाउँमा खटाउने तयारीमा रहेको मन्त्री ढकालले बताए ।

‘समायोजन चाडोभन्दा चाडो सकेर अन्य काममा लाग्ने तयारीमा छौं,’ मन्त्री ढकालले भने ‘मन्त्रालयका सचिव र समायोजन जिम्मेवारी लिएका साथीहरुसँग छलफल भइरहेको छ ।’

हिजो बढी प्रविधीमैत्री हुनखाेज्दा स्वास्थ्यको समायोजनमा समस्या आएको उनको तर्क थियो । ‘कतिपय समायोजन गर्ने समयमा प्रविधी मैत्री बनौ भन्दा मानवीय पक्ष कमजोर भएका समस्या छन्,’ उनले भने ‘वेहोस बनाउनुपर्ने साथीहरु अहिले गाउँपालिकामा फाइल बोकेर हिड्नुपर्ने गरी समायोजन भएका छन् ।’

सुधार गरेरै छाड्छु

अब कसरी अगाडि बढ्ने भन्ने योजनामा रहेको बताउँदै स्वास्थ्य क्षेत्रलाई सुधार गरेरै छाड्ने जिकिर उनले गरे । ‘हुन त यो विधिभन्दा पनि व्यक्ति आधारमा चलेको मन्त्रालय रहेछ,’ उनले भने, ‘तर यसलाई विधिसम्वत र थितीबाट सन्चालन गराउन सक्छु भन्ने लागेको छ ।’ उनले विदेशी दाताको बढी प्रभावमा पर्ने गरेको र त्यसमा केही व्यक्तिले मात्र अवसर लिएको पाएको भन्दै त्यसलाई सुधार गर्ने बताए ।

‘निष्ठा र इमानमा बेच्दिन’

म विधीमा हिड्छु । म त्यहाँभन्दा अन्तबाट नहिडेपछि अरुलाई हिडाउन मलाई सहज छ । यहा भित्रका अनियमितता र अन्य कुराहरुलाई न्यूनीकरण हैन्, समाप्त गर्ने कुराको अगुवाई मैले गर्न सक्छु भन्ने हो । किनकी म स्वार्थरहित ढंगले काम गर्छु । यो वा त्यो कारणले नेतृत्व संलग्न भएर हुने अनियमिततामा उदासीन हुने प्रवृति म बाट हुँदैन ।
किनभने अहिलेसम्म म निष्ठा र इमानकासाथ राजनीति गर्दै आएको छु । राजनीति गरेर पाएको अवसर र पदलाई म कुनै धन कमाउने इच्छा छैन र म त्यो धन्दामा लाग्दिन । त्यो गर्नुप¥यो र खान नपुग्ने भयो भने आजदेखि मैले राजनीति त्यागे अब म व्यवसायमा लागे भनेर घोषणा पगरेर मात्र पैसा कमाउनतिर लाग्छु ।
त्यो इमान मेरो इमान हो । सार्वजनिक प्रतिवद्धता हो । म सहि बाटो हिडेपछि मात्र यो मन्त्रालयसँग सम्बन्धित सकारात्मक परिर्वतन चाहनेहरु मेरो साथमा हुन्छन् । जुनसुकै विचार आस्था भएपनि मलाई फरक पर्दैन । समाज परिर्वतनका लागि निष्ठा इमानलाई प्राथमिकता दिनुपर्छ । त्यसबाट सफलता पाइन्छ भन्ने लाग्छ ।
म जानी—जानी गल्ती गर्दिन । गल्ती भयो भने स्वीकार्न अप्ठ्यारो मान्दिन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ