२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी अस्पताललाई स्वास्थ्य सेवा लिने पहिलो विकल्प बनाउनुपर्छ : मन्त्री ढकाल

सरकारी अस्पताललाई स्वास्थ्य सेवा लिने पहिलो विकल्प बनाउनुपर्छ : मन्त्री ढकाल


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले सरकारी स्वास्थ्य संस्था स्वास्थ्य सेवा लिने अन्तिम विकल्प भएको बताएका छन् । उनले अन्तिम विकल्प रहेका सरकारी स्वास्थ्य संस्थालाई पहिलो विकल्प बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

मंगलवार कान्ति बाल अस्पतालको निरिक्षणपछि आयोजित अन्तक्रियामा बोल्दैं मन्त्री ढकालले पैसा हुन्जेल निजी अस्पताल जाने र पैसा सकिएपछि सरकारी अस्पतालमा आउने प्रवृत्ति समाजमा व्याप्त रहेको उल्लेख गरे । उनले यस्तो प्रवृत्तिलाई अन्त्य गर्न सरकारी अस्पतालको सेवाको प्रवाह चुस्त दुरुस्त बनाउनुपर्ने धारणा राखे । ‘अहिले नेपाली जनताको अन्तिम विकल्प रहेका सरकारी स्वास्थ्य संस्थालाई पहिलो विकल्प बनाउने चुनौती रहेको छ,’ उनले भने, ‘अब यसलाई उल्टाउनुपर्छ, त्यसका लागि जिम्मेवार व्यक्तिहरुले पारदर्शी भएर काम गर्नुपर्छ ।’

तोकिएको समयभन्दा अगाडि नै सचिवसहित अस्पताल पुगेका मन्त्री ढकालले अस्पतालका निर्देशक आरपी बिच्छासँग आइसियुलगायत विभिन्न वार्डहरुको निरीक्षण गरेका थिए । निरीक्षण क्रममा उनले अस्पतालका समस्याबारे पनि जानकारी लिएका थिए ।

मन्त्री ढकालसमक्ष अस्पतालका कार्यकारी निर्देशक डा. आरपी बिच्छाले हाडजोर्नी विभाग र आँखा विशेषज्ञ कमी रहेको बताएका थिए । सरकारद्वारा दिइएको बजेट कर्मचारीको तलब वितरणमा समेत नपुगेको समस्या पनि उनले मन्त्री समक्ष राखेका थिए । अस्पतालमा सवारी साधनको समेत समस्या रहेको उनले जानकारी दिए । ‘आपत्कालीन समस्या आइपर्दा aसम्बन्धित विशेषज्ञ लिन जाने सवारी समेत छैन्,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ