२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशिक्षण अस्पताल अनुमति ३०० शैय्या, संचालन ७५० शैय्या

शिक्षण अस्पताल अनुमति ३०० शैय्या, संचालन ७५० शैय्या


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा अस्पताल संचालन स्वीकृत पाएका शिक्षण अस्पतालले अनुमतिभन्दा ४५० शैय्या बढी संचालनमा ल्याएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको सूचीमा अधिकांश शिक्षण अस्पतालले आफूले पाएको संचालन स्वीकृतीभन्दा दोब्बर बढी बेड चलाएको देखिएको छ ।

कतिपयले भने एमबीबीएस कोटा घटेसँगै बेड संख्यामा पनि कटौती गरेका छन् । शिक्षण अस्पताल संचालनका लागि कम्तिमा पनि ३ सय वेड आवश्यक पर्छ । त्यसको स्वीकृत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने गरेको छ ।

मेडिकल कलेजहरुले स्वास्थ्य मन्त्रालयमा ७५० देखि ९११ शैय्याको स्वीकृत मागेका छन् । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाका अनुसार कतिपय मापदण्ड नपुगेका कारण स्वीकृत नपाएका हुन् । आवश्यक मापदण्ड पुगेको खण्डमा मन्त्रालयले अनुगमन गरी आवश्यक शैय्या संचालनको अनुमति दिनेछ ।

बिना स्वीकृत तोकेभन्दा बढी वेड चलाउनु नियम विपरित भएको मन्त्रालयको ठहर रहेको छ । ०७० यता मन्त्रालयले शिक्षण अस्पतालहरुको अनुगमन गरेको छैन ।

‘हामीले ३ सय शैय्याभन्दा बढीको स्वीकृती दिएका छैनौं,’ एक अधिकारीले भने, ‘तर, उहाँहरुले ७५० संचालन गर्नुभएको छ ।’ कतिपय मेडिकल कलेजले नौं सय शैय्या संचालनको अनुमति मन्त्रालयलाई मागेका छन् । मेडिकल कलेजहरुले एक विद्यार्थी बराबर ५ शैय्याका दरले वेड संख्या बनाएका थिए । १५० विद्यार्थी हुँदा ७५० शैय्या संचालनमा थिए ।

तर, उक्त शैय्या संचालन पनि गैरकानुनी भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । पछिल्लो समय विद्यार्थीको संख्या १०० मा झरेपछि केही कलेजले अस्पतालको शैय्या पनि ५ सयमा झारेको पाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ