२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए अध्यक्षका लागि डा. लोचन कार्कीद्धारा उम्मेदवारी दर्ता, अन्य ९ जनाले पनि मनोनयन दर्ता गराए

एनएमए अध्यक्षका लागि डा. लोचन कार्कीद्धारा उम्मेदवारी दर्ता, अन्य ९ जनाले पनि मनोनयन दर्ता गराए


काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न चुनावका लागि भइरहेको उम्मेदवारी दर्ताको पहिलो दिन १ अध्यक्षसहित १० जनाको उम्मेदवारी परेको छ ।

एक जनाले अध्यक्ष, एक जनाले उपाध्यक्ष, एक जनाले कोषाध्यक्ष र ७ जनाले सदस्यका लागि मनोनयन दर्ता गरेका हुन् । अध्यक्षमा डा. लोचन कार्कीको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा डा. अनिल विक्रम कार्की, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, सदस्यहरुमा डा. रितेश थापा, डा. प्रमोद जोशी र डा. विक्रान्त ढकालसहित अन्य ४ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

भोलि (शनिबार)सम्म मनोनयन दर्ताको समय रहेका कारण शुक्रबार कमैको मनोनयन परेको हो । निर्वाचन कमिटीका संयोजक डा. बाबुराम मरासिनीका अनुसार मनोनयन शनिबारसम्म हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ