२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक संघको चुनावमा दुई जनाको अध्यक्ष र चार जनाको महासचिवमा उम्मेदवारी

चिकित्सक संघको चुनावमा दुई जनाको अध्यक्ष र चार जनाको महासचिवमा उम्मेदवारी


काठमाडौं–नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा दुई र महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की र प्रगतिशील तर्फबाट डा. पुष्पमणि खरालले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी अर्को शक्तिशाली पद महासचिवमा लोकतान्त्रिक समूहबाट डा. बद्री रिजालको उम्मेदवारी परेको छ भने प्रगतिशील प्यानलबाट डा. मधुर बस्नेतको मनोनयन परेको छ ।

महासचिवकै लागि सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । त्यसैगरी, डा. अजय मिश्रले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

लोकतान्त्रिक समूहले महासचिवबाहेक अन्य पदमा शुक्रवार नै मनोनयन दर्ता गराइसकेको थियो । सो प्यानलबाट उपाध्यक्षमा डा. अनिल कार्की, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी रहेका छन् । प्रगतिशील प्यानलबाट बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा रञ्जीत झा, कोषाध्यक्षमा कविता अधिकारी र सह—कोषाध्यक्षमा डा उदयसिंहले उमेदवारको रूपमा मनोनयन दर्ता गराएका छन् ।

सदस्यहरूमा लोकतान्त्रिक डा. रितेश थापा, डा. प्रमोद जोशी र डा. विक्रान्त ढकाललगायत रहेका छन् । यता प्रगतिशीलबाट डा. दीपक कोइराला, डा. जगदीश विष्ट, डा. लिजन महर्जन र डा. विजय थापा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ