२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल निर्देशकमा डा. मंगल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल निर्देशकमा डा. मंगल


काठमाडौं-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल निर्देशकमा डा. मंगल रावल नियुक्त भएका छन् ।

मंगलबार उनलाई प्रतिष्ठानले कार्यकारी अधिकारसहित अस्पताल निर्देशकको जिम्मेवारी दिएको प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । प्रतिष्ठान ऐनको दफा २५ को उपदफा १ र २ बमोजिम काम कर्तव्य र अधिकारीसहित उनलाई नियुक्ति दिइएको हो ।

उपकुलपति प्राध्यापक डा. राजेन्द्र वाग्लेले अस्पताल व्यवस्थापनको सम्पुर्ण काम गर्ने गरी मंगलबारकै मितिबाट कार्यभार सम्हाल्ने गरी नियुक्ति दिएका हुन् ।

चार वर्षदेखि हाडजोर्नीको विशेषज्ञको रुपमा कार्यरत डा. रावल यसअघि प्रतिष्ठानको हाडजोर्नी विभागी प्रमुख रहेका थिए ।

सोही प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका उनी यसअघि कर्णाली प्रदेश सरकारले गठन गरेको प्रदेश स्वास्थ्य नीति तयारी समितिको सदस्य रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ