२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए अध्यक्षका उम्मेदवार डा. लोचनका यस्ता छन् पाँच प्रतिवद्धता

एनएमए अध्यक्षका उम्मेदवार डा. लोचनका यस्ता छन् पाँच प्रतिवद्धता


काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)का वर्तमान महासचिव तथा अध्यक्षका उम्मेद्वार डा. लोचन कार्कीले समग्र चिकित्सकको हितमा पाँच बुदे प्रतिवद्धता जाहेर गरेका छन् ।

नेपाल चिकित्सक संघको आगामी माघमा हुने केन्द्रीय कार्यसमिति निर्वाचनमा लोकतान्त्रिक तथा पेसागत समूहबाट अध्यक्षको उमेद्वार बनेका डा. कार्कीले आफ्नो पाँच बुदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले चिकित्सकको पेशागत सुरक्षा र वृत्ति विकासलाई मुख्य जोड दिएका छन् । त्यसैगरी गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा, राष्ट्रिय नीति, योजना निमार्णमा योगदान र अन्तर्राष्ट्रिय सम्बन्ध, सरकारी— निजी साझेदारीको विषय र संघको संस्थागत विकास तथा सांगठनिक पुनः संरचनाको विषय प्रतिवद्धतामा जाहेर गरेका छन् ।

१० वर्षदेखि नेपाल चिकित्सक संघको कार्यसमितिमा रहेर काम गर्दै आएका डा कार्कीले चिकित्सकहरुका लागि छुट्टै स्वास्थ्य ऐन आवश्यक रहेको बताएका छन् । कार्की महासचिव रहेको नेतृत्वले ७० प्रतिशत कामहरु सम्पन्न गरेको बाँकी ३० प्रतिशत काम सम्पन्न गर्न आफ्नो नेतृत्व आवश्यक भएको उनले बताए । बाँकी रहेका कामहरु चिकित्सकको समग्र हितमा रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ