२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदादुरा, रुबेला निवारण घोषणा हुने बेला १ सय २२ जनामा भेटियो

दादुरा, रुबेला निवारण घोषणा हुने बेला १ सय २२ जनामा भेटियो


काठमाडौं—सरकारी प्रतिवद्धताअनुसार दादुरा, रुबेला शुन्यमा झरेको घोषणा गर्नै लाग्दा १ सय २२ जना बिरामी फेला परेका छन् । सन् २०१९ मा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने नेपालको प्रतिवद्धतामा थियो ।

नेपाल सरकारले प्रतिबद्धता जाहेर गर्दै सन् २०१९ मा नै दादुरा निवारण (शुन्य केस)गर्ने रुवेला सि.आर.एस. ९५ प्रतिशतले घटाउने लक्ष्यसहित—२०१९ रणनीतिक योजना तयार गरेको थियो । स्वास्थ्य अधिकारीहरुका अनुसार यो रोगलागेको एक व्यक्तिबाट अन्य १६ जनासम्ममा सर्ने सम्भावना हुने गर्छ ।

दादुरा रुबेला खोपको कभरेज प्रतिवद्धताका ८७ प्रतिशत थियो । तर, निवारणको समयमा आउँदा प्रथम मात्रा : नेपालको ९१ प्रतिशत पुग्यो भने दोस्रो मात्राको कभरेज ७१ प्रतिशत मात्रै भएको छ । दादुरा र रुबेलाको खोप ९ महिना र १५ महिनामा दुई पटक दिने गरिन्छ ।

शुन्य केसमा हुनुपर्ने नेपालमा दादुरा रुबेलाको प्रकोप देखिएको छ । हाल विभिन्न स्थानमा गरी १ सय २२ जनामा दादुरा रुबेला रोग देखा परेको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्माले जानकारी दिए ।

कहाँ कति बिरामी
प्रदेश दादुरा/रुबेला संक्रमित

प्रदेश १ ३५
प्रदेश २  ८
प्रदेश ३  ४१
गण्डकी प्रदेश १०
प्रदेश ५  १३
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश १ १
जम्मा १२२

दादुरा रोगबाट देखिने जटिलता

  • आँखामा समस्या भै अन्धोपन हुन्छ ।
  • झाडा पखाला लाग्नुका साथै कुपोषण हुन्छ ।
  • कान पाक्ने समस्या हुन्छ ।
  • श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुन्छ ।
  • मस्तिष्कमा कडा खालको सुजन हुने, मस्तिष्क ज्वरो आउने हुन्छ ।
  • कम्पन हुने ।
  • जटिलताको कारण मुत्यु पनि हुन सक्छ ।

रुबेलाबाट हुने जटिलता

  • हाड जोर्नीहरू सुन्निने वा दुख्ने ।
  • रक्तश्राव हुने ।
  • मस्तिष्कमा कडा खालको सुजन हुने (भलअभउजबष्तिष्क) ।
  • गर्भपतन हुने वा मृत शिशु जन्मिने ।
  • कानमा हुने विकृति (बहिरोपना) ।
  • आँखामा हुने विकृति(अन्धोपना) ।
  • मुटुमा हुने विकृति ।
  • मस्तिष्कमा हुने विकृति : पूर्ण रुपले वृद्धि नभई सानो हुने, मानसिक मन्दता हुने ।
  • कलेजो र फियोमा असर ।
  • जटिलताको कारण मुत्यु पनि हुन सक्ने ।

दादुरा र रुबेलालाई निवारण गर्न भएका प्रतिवद्धताहरु

विश्वव्यापी खोप कार्ययोजना सन् २०११–२०२० अनुसार दादुरा र रुबेलालाई निवारण गर्ने लक्ष्य राखी विश्वव्यापी दादुरा–रुबेला रोग निवारण रणनीतिक योजना २०१२–२०२० तयार पारिएको थियो । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्व एसिया क्षेत्रीय कमिटीको सन् २०१३ को ६६ औं बैठक बाट सन् २०२० सम्ममा दादुरा निवारण र रुवेला तथा सिआरएस नियन्त्रण गर्ने लक्ष्य निर्धारण भएको थियो ।

नेपाल सरकारले पनि प्रतिबद्धता जाहेर गर्दै सन् २०१९ मा नै दादुरा निवारण (शुन्य केश)गर्ने रुवेला सि.आर.एस. ९५ प्रतिशतले घटाउने लक्ष राखी २०१५— २०१९ रणनीतिक योजना तयार गरेको थियो ।

कहिले हुँदैछ अभियान

पहिलो चरण : प्रदेश १, २ र ५ (३४ जिल्लाहरु )
सञ्चालन हुने मिति : २०७६ साल, फाल्गुण १ देखि ३० सम्म

दोस्रो चरण : प्रदेश ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश (४३ जिल्लाहरु)
सञ्चालन हुने मिति : २०७६ साल चैत्र १ देखि ३० सम्म
९ महिना देखि ५ वर्ष मुनिका सबै बालवालिकालाई दादुरा–रुबेला
तराईका १९ जिल्लाहरुमा जन्मे देखि ५ वर्ष मुनिका बालवालिकालाई पोलियो थोपासमेत


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ